सागर संगम ठाकुर रौतहट । मंसिर १० गते
रौतहटको कटहरियामा माओबादी केन्द्रे वडा कमिटी गठन गरिएको छ ।
कटहरिया नगरपालिका वडा नं.१ भषेढवामा प्रमुख अथिती माओबादी केन्द्रका प्रदेश २ कमिटी सदस्य बिन्देशवर यादव बिशिष्ट अथिती कटहरियाका समाजसेवी युवा नेता नसरुदिन अंसारीको उपस्थितीमा वडा कमिटी गठन गरिएको हो ।
वडा नं. १ मा सुरेश राय यादवको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ।
जस्मा अध्यक्षमा सुरेश राय यादव,सचिवमा प्रेमशंकर प्रसाद यादव लगाएत २९ सदस्य रहेको छ ।
त्यस्तै वडा नं.२ मा वडा कमिटीका अधयक्षमा उमाकान्त चौरसिया र सचिवमा अब्दुल मदिन मंसुरी सहित २९ सदस्य, वडा नं. ३ मा वडा कमिटीका अधयक्षमा मुस्लीम मिया धोवी,
सचिवमा राम प्रवेश साह रौनियार लगाएत २९ सदस्य चयन गरिएको छ ।
त्यस्तै वडा नं ४ का वडा कमिटी अध्यक्ष रामप्रवेश बैठा, सचिवमा संजय यादव, वडा नं ५ का वडा कमिटी अध्यक्षमा वकिल कुशवाहा, सचिवमा गणेश साह सोनार, वडा नं ६ का वडा कमिटी अध्यक्ष उमेश सहनी सचिवमा ब्रह्मदेव कुशवाहा,
वडा नं ७ का वडा कमिटी अध्यक्षमा रामकिशुन महतो, सचिवमा शेख हफिज, वडा नं ८ का वडा कमिटी अध्यक्षमा रामाकनत यादव, सचिवमा रामविलास यादव,
वडा नं ९ का वडा कमिटी अध्यक्षमा गजेन्द्र यादव सचिवमा रामविलास यादव लगायत प्रत्येक वडा मा २९ सदस्यीय वडा कमिटी चयन गरिएको माओबादी केन्द्रले जनाएको छ ।
उक्त कार्यक्रममा माओबादीका नेता पुनित ठाकुर,नागेन्द्र राय लगाएत स्थानियहरुको बिषेश उपस्थितीमा कार्यक्रम संम्पन भएको उप.मेयरकी सहयोगी राम अधार यादवले जानकारी दिनु भयो ।