जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १२, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए

१२ मंसिर, काठमडौं । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् ।बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् ।त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ ।इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको लिबेरेकस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले बताए ।नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थका अनुसार दक्षिण अफ्रिकाबाट दुई उडानमा आएकामध्ये ६१ यात्रुमा कोरोना संक्रमण पुष्टि पछि उनीहरूलाई आइशोलेशनमा राखिएको छ । जिन सिक्वेन्सिङमार्फत् ती व्यक्ति नयाँ भेरियन्टबाटै संक्रमित भए वा नभएको निर्धारण हुने इन्स्टिच्युटले जनाएको छ ।यसअघि बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् ।ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।बी.१.१.५२९’ पनि भनिने ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठनले ‘चिन्ताको विषय’ भनेको छ । यसअघिका भेरियन्टभन्दा बढी संक्रामक ठानिएको यसको उत्परिवर्तन क्षमता समेत धेरै रहेको छ । तर कोभिड-१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोन थप खतरनाक वा गम्भीर छ वा छैन भनेर पुष्टि हुन भने बाँकी नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस