सागर संगम ठाकुर । रौतहट मंसिर १२ गते
लोकतान्त्रीक समाजबादी पार्टीको नगर कार्यलय कटहरियामा एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
पार्टीका तत्कालीन जिल्ला अध्यक्ष राम प्रबेश दासको अध्यक्षतामा प्रमुख अथिती प्रदेश २ का पुर्व मन्त्री पार्टीका कार्यकरणी सदस्य तथा प्रदेश २ संसदीय दलका नेता माननिय जितेन्द्र सोनलले उदघाटन गर्नु भएको छ ।
रौतहट क्षेत्र नं.३ को कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया बजारमा रहेको बौधी माई मन्दिरको पुर्व उत्तर साईडमा रहेको दुई तले भवनमा पार्टीको नगर कार्यलय आज देखि बिधिवत रुपमा
संचालनमा आएको पार्टीका नेता तथा कटहरिया नगरपालिकाका भावी मेयर पदका उमेदवार राम प्रबेश दास तत्माले जानकारी दिनु भयो ।
पार्टीको नगर कार्यलयको उदघाटन गरिदै पुर्वमन्त्री सोनलले उपेन्द्र यादवको ‘डिस्नेरी’मा मधेशवाद नभएको बताएका छन् ।
सोनलले मधेश र मधेशिको नाममा राजनिति गरि आएका जसपा उध्यक्ष यादवले मधेशि जनतालाई सधै ठगेको आरोप लगाए ।
मधेशको भोट लिएर काठमाडौंमा सौदावबजी गर्ने यादवको द्वैध चरित्रकै कारण उनका हरेक सहकर्मिहरुले सांथ छोड्दै गएको सोनलले बताए ।
यादव मधेशमा एक ‘पुतला’ को रुपमा रहेको र पुतलाले मधेशको अधिकार दिलाउन नसक्ने भन्दै सोनलले त्यसबाट बच्न उपेन्द्र प्रवृतिको बिरोध गर्नु आवस्यक रहेको बताए ।
रौटहटको कटहरीयामा लोसपाको नगर कार्यालय उदघाटन गर्दै सोनलले मधेशी जनताको हकअधिकारको लडाई लड्ने पार्टी लोसपा नै रहेको भन्दै आगामी निर्वाचनमा आफुहरुले बहुमत ल्याउने जनाए ।
मधेशको नाममा राजनिति गरी अधिकारको मुद्दा सत्तासंग साट्नेहरुलाई जनताले बुझिसकेका छन ।
सोनलले भने– ‘अबको चुनावमा मधेशको पहिलो पार्टी लोसपा नै हो र यसैले अधिकारको लडाई लड्छ ।
कार्यालय उदघाटन पश्चात आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश २ संसदिय दलमा प्रमुख प्रतिपक्षि दलको नेता समेत रहेका सोनलले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भईसकेको र त्यसलाई अख्तियारको प्रारम्भिक अनुसंधानले पुष्टि गरिसकेको समेत बताए ।
प्रदेश सरकार जनभावना र जनमत विपरित चलिरहेको भन्दै भन्दै सोनलले भ्रष्टाचारको पृष्टपोषक भएर काम गरिरहेका मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै राजिनामा दिएर प्रदेश २ का जनताको ईज्जत राख्न माग समेत गरे ।
त्यस्तै रौतहटका लोकत्रान्त्रीक समाजबादी पार्टीका नेता तथा दलितका युवा नेता राम प्रबेश दास तत्माले आफनो नगर कार्यलय कटहरियामा संचालन गरे पछि पार्टी प्रति आस्था राख्ने नेता कार्यकर्ताहरु खुशी भएको बताउनु भयो ।
सबै पार्टीले क्षेत्रिय कार्यलय कटहरियामा पहिला देखिनै संचालनमा गरिएको अवस्थामा लोसपाले आज देखि नगर कार्यलय संचालनमा ल्याएको नेता दासले बताएका छन ।
उदघाटन समाहरोमा पार्टीका नेता लालबाबु राय यादव, उमाकान्त सहनी लगाएतका नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीरहेको थियो भने कार्यक्रमको संचालन बिन्दा सहनीले गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको समापन पछि कटहरियामै नेता जितेन्द्र सोनललाई नेपाल सोनार समाज रौतहटका जिल्ला अध्यक्ष एवं कटहरियाका चर्चित ब्यपारी कामेश्वर साह सोनारले भब्य स्वागत गरेका छन ।
पुर्व मन्त्री सोनल सोनार जाती रहेकाले कटहरियामा आउदा सोनार जातीका अगुआहरुले एउटा भेला मार्फत स्वागत गरेका छन ।
भेला मार्फत सोनार जातीका अगुआहरुले जातीको उथानका लागि प्रदेश सरकार, केन्द्र सरकारको तर्फबाट शिवनगरमा भवन आश्रम भवन बनाउन सहयोग उपलब्ध गराउन माग गर्नू भयो ।
जिल्लाको चर्चित तथा धार्मिक एवं पर्यटकिय स्थल शिवनगरमा हरेक जातजातीका आफनो आश्रम भवन बनाई सकेको अवस्थामा सोनार जातीले अहिले सम्म बनाउन नसकनु दुर्भाग्य रहेको भन्दै ल्तसको लागि आर्थिक सहयोग उपलब्ध गराउन पुर्व मन्त्री सोनल संग नेपाल सोनार समाज रौतहटका जिल्ला अध्यक्ष कामेश्वर साहले आग्रह गर्नु भयो ।
स्वागतको क्रममा सोनार जातीको उत्थानको लागि बिभिन्न राजनिती बिषयमा छलफल समेत गरिएको युवा नेता एवं कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य रामप्रबेश साह सोनारले आग्रह गर्नु भयो ।
सोनार जातीका नेताहरुले पुर्वमन्त्री सोनल संग बिभिन्न आउने दिनमा यस्ता किसिमको मया र सद्धभाव कायम राख्न आग्रह गरिदै बिदाई गर्नु भएको शिक्षक तथा समाजसेवी जय किशोर साहले जानकारी दिनु भयो ।