सागर संगम ठाकुर रौतहट । मंसिर १४ गते
रौतहटको देवाही गोनाही नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टी युवा संघको वडा कमिटी गठन भएको छ ।
वडा नं. ९ धरहरीमा वडा अध्यक्ष पदका भावी मेदवार युवा नेता सुमित गुप्ताको प्राङ्गणमा आयोजित वडा भेलाबाट २५ सदस्यि युवा संघको वडा कमिटी गठन गरिएको हो ।
युवा संघ नेपालका जिल्ला कमिटी अध्यक्ष बाल कृष्ण श्रेष्ठको अध्यक्षतामा प्रमुख अथिती युवा संघका केन्द्रिय सदस्य रामकल्याण यादव उपस्थितीमा कार्यक्रम संम्पन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गरिदै युवा संघको वडा कमिटी सचिव बिबेकान्नद साहले प्रथम नगर सम्मेलनको लागि कार्यक्रममा आयोजना गरिए पनि राजनितीक ब्यस्तताको कारणले गर्दा बिभिन्न वडाका वडा कमिटी सदस्यहरु न,आउदा वडा कमिटी गठन गरी कार्यक्रम संम्पन गरिएको बताउनु भयो ।
धरहरीको वडा अध्यक्ष पदका भावी मेदवार युवा नेता सुमित गुप्ताको निजी निवासमा आयोजित वडा भेलाले वडा कमिटीको अध्यक्षमा शैलेन्द्र कुमार साह सहित २५ सदस्यीय युवा संघ वडा कमिटी गठन गरिएको बताए ।
नव गठित युवा संघ वडा कमिटीको अध्यक्षमा शैलेन्द्र कुमार साह उपा—अध्यक्षमा राम ज्ञान गुप्ता,सचिवमा रबिन्द्र गुप्ता, सह सचिवमा दिपेन्द्र ठाकुर, कोषाध्यक्षमा शैलेन्द्र कुमार साह, सदस्यहरुमा आसलम देवान, रिशी पंडित, दिपेश दास,शन्तोष गोसाई,धमेन्द्र दास लगाएतका रहेका छन ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) युवा संघका केन्द्रिय कमिटी सदस्य प्रमोद यादवले एमाले नेतृत्वले संविधान र पार्टीको शिद्धान्त बिपरित काम गरेकाले आफ्नो पार्टीको वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोह का कारण नेकपा (एकीकृत समाजवादी) खोल्न बाध्य भएको बताए।
उनले संविधानले प्रदत्त गरेको अधिकार हरेक नागरिकले पाउनु पर्नेमा जोड दिनुभएको थियो ।
ओलीले गरेको सिंगो पार्टीकै नेतृत्व भनेको घर धनी जस्तै रहेको भन्दै ओलीले घर धनीले घरका सदस्यलाई घरमा बस्नै नसक्ने अवस्था पैदा गरेकाले बाध्य भएर विद्रोह गरी नयाँ पार्टीको स्थापना भएको उनले बताए ।
नेकपा (एकीकृत समाजवादी) ले आम नागरिकको स्वास्थ्य, शिक्षा, र रोजगारीमा मौलिक हकको रुपमा कायम भएको समाजवाद अंगाल्ने र आदर्श व्यक्ती माधवकुमार नेपाललाई नै मान्ने बताउदै, समाजवादको मार्गमा सबै कार्यकर्ता आ–आफ्ना ठाउँबाट इमानदारीताका साथ लाग्नु पर्ने बताए ।
त्यस्तै युवा संघका केन्द्रिय कमिटी सदस्य नमोनरायण झाले कमिटीका नव गठित पदाधिकारीहरुलाई बधाई दिँदै पार्टीले अब समाजमा प्रतिष्ठा कायम गर्दै पार्टीभित्रको विधान र सिद्धान्त बमोजिम आगाडि बढ्नु पर्ने बताएका थिए ।
भेला कार्यक्रममा स्थानिय भद्धभलादमी बुद्धिजी बिभिन्न राजनितक दलका प्रतिनिधीको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राम कल्याण यादवले नै गर्नुभएको थियो।