ओम प्रकाश यादव
मंसिर १५ गते, रौतहट ।
संघीय सरकारका वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाका छन ।
बलपुर्वक मधेशी जनताको भावना विपरीत पारित गरिएको संविधान ओलीकै कारण अधुरो रहेको मन्त्री यादवले बताएका छन ।
मधेश भ्रमणको दोश्रो दिन रौतहटको दुर्गाभगवती गाउँपालिका ४ पचरुखी छतौनामा बुधवार सामुदायीक भवनको उदघाटन गर्दै मन्त्री यादवले एमाले अध्यक्ष ओली मधेश विरोधी रहेको आरोप लगाएका छन ।
मधेश विरोधी ओली कुनै पनि हालतमा अधुरो संविधान संशोधन गरी मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम लगाएतको अधिकार दिन नचाहेको उनले बताए ।
ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा व्याख्या गर्दै मन्त्री यादवले ओलीकै कारण संविधान संशोधन हुन नसकेको उनले बताए ।
संविधान संशोधन गरी मधेशी लगाएत समुदायको अधिकार दिलाउने शर्तमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केपी शर्मा ओलीको सरकारमा सहभागि भएको भएपनि ओलीले संविधान संशोधन गर्न नचाहेको कारण पार्टी अध्यक्ष यादवले ओलीलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए ।
२०७२ सालमा जारी गरिएको संविधानमा मधेशी, थारु, जनजाति, मुस्लम एवं शोषत वर्गको हक अधिकार पुर्ण रुपमा स्थापित गर्न नसकिएको कारण संशोधन गर्नु पर्ने आवश्यक्ता रहेको उनले बताए ।
मधेशमा आउँदा ओलीले एमाले नै मधेशी जनताको हक अधिकार दिलाउन सक्ने पार्टी भएको भन्दै मधेशी जनतालाई झुठो आश्वासन दिएर ठग्ने काम मात्र गर्ने गरेकोले ओलीको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरे ।
मधेशी, थारु, आदिवासी ,मुस्लिम लगाएत उत्पीडनमा परेका जाति एवं वर्गको अधिकार एक मात्र पार्टी जनता समाजवादीले मात्र दिलाउन सक्ने दावी गर्दै मन्त्री यादवले आउँदो निर्वाचनमा जसपालाई अत्याधिक मत दिएर विजयी गराउन उनले सबैलाई आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरी मधेश आन्दोलन लगाएत विभिन्न संर्घषको बलमा आएको संघिय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरेको मन्त्री यादवले बताए ।
ओलीले संघीयतालाई समाप्त पार्ने गरेको सडयन्त्रलाई पाँचदलीय गठबन्धले जोगाइदिएको उनले बताए ।
संघीयतालाई समाप्त पार्ने ओलीको सडयन्त्र असफल भएको उनले बताए ।
हजारौ जनताको सहादतको बलमा आएको संघीयतालाई समाप्त पार्ने सडयन्त्र गर्ने ओलीलाई नेपाली जनताले अहिले सडकमा पुरयाइदिएको उनले जिकिर गरे ।
घुँडा टेकेर महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले मधेस विरोधी ओली सरकारमा सहभागी भएकाले अब को मधेसी पक्षधर रहेको स्पष्ट हुन उनले आग्रह गरे ।
महतो–ठाकुरलाई विदेशी शक्तिले सिंगारपटार गरेर पठाइएको मान्छेको यादवले संज्ञा दिए ।
एक अर्को प्रसंगमा वन मन्त्री यादवले जलवायु परिवर्तनले मुलुकमा ल्याएको संकटको बारेमा चिन्ता व्यक्त गरेका छन ।
जलवायु परिवर्तनका कारण पुरै विश्व नै संकटमा परेको उल्लेख गर्दै मन्त्री यादवले यसको न्युनिकरणका लागि वातावरण जोगाउने तर्फ लाग्न सबैलाई आग्रह गरे ।
विश्वमै तापक्रम बढ्दै गएको कारण जलवायु परिवर्तनका घटना बढदै गएको बताउँदै उनले जलवायुले निम्त्याएको धुवाँधुलोका कारण प्रदुषण फैलिएर जनस्वास्थ्यमा गम्भिर असर परेको बताए ।
जलवायु परिवर्तनलाई रोकथाम तथा नियन्त्रण गर्न वातावरण जोगाउन एवं पर्यावरणलाई स्वच्छ एवं सन्तुलित कायम राख्नु पर्नेमा उनले जोड दिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले मधेशी जनताको हक अधिकार दिलाउने नाममा कांग्रेस, माओवादी, एमाले लगाएतका दलले पटक पटक मधेशी जनतालाई ठग्ने काम गर्दै आएको बताएका छन ।
कांग्रेस, एमाले। मओवादीले मधेशीको अधिकार दिलाउने नाममा ठग्ने काम मात्र गर्दै आएकोले उनिहरुमाथी कहिल्यै विश्वास नगर्न मन्त्री यादवले सबैलाई आग्रह गरे ।
मधेशी जनताको हक अधिकार एक मात्र पार्टी जसपाले नै दिलाउन सक्ने भएकोले आउँदो निर्वाचनमा जसपलाई नै विजयी बनाउन उनले सबैलाई आग्रह गरे ।


