कृष्ण तिवारी , मंसिर १७ गते। जिल्ला डिभिजन वन कार्यालय रौतहट प्रमुख अमरदेव यादव ले चोचा सब डिभिजन परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
उक्त अवसरमा जिल्ला डिभिजन प्रमुख यादव ले हरियो वन नेपाल को धन वन सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बताउनुभयो । कर्मचारीहरूको व्यवहार तथा बोलीवचन सदैव उत्कृष्ट हुनुपर्नेमा उनले जोड दिए ।
उनले जनआकांक्षा, प्रविधिमैत्रि जनभावनाको कदर, कर्मचारीहरू विशेष सजग र संवेदनशील हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा सब डिभिजन चोचा वन प्रमुख राजेश साह ले गुजरा नगरपालिका डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर लाई धन्यवाद दिदै आफू अहोरात्र खटेर काम गरिरहेको बताए ।
उक्त भवन गुजरानगरपालिका बजेटबाट कूल १ लाख ७२ हजार र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर वाट१लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा , स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।


