एक घण्टामै ७२ अंकले घट्या नेप्से परिसूचक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २०, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
एक घण्टामै ७२ अंकले घट्या नेप्से परिसूचक

२० मंसिर, काठमाडौं । साताको पहिलो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामै ७२अंकले घटेको छ ।

७२ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय ४१ अंकमा झरेको छ । सोमबार नै २ हजार ५ सय तल झरेको छ । ३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो ।

साताको पहिलो दिन आयतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि लगातार घटिरहेको छ । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस