राैशन कुमार चाैधरी
मंसिर २० गते । रौतहट
काठमाडौ स्थित ओम अस्पतालको कम्पाउण्ड बाट गत कार्तिक २१ गते हराएको १५० सिसि,बा४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटमा फेला परेको छ । ईन्जिन नम्बर DHGBTE55800, चेचिस नम्बर ःD2DHDHZZTCE66750, रातो रंगको उक्त मोटरसाईकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले बरामद गरेको हो । पार्किङ गरी राखेको अवस्थाबाट चोरी भएको मोटरसाईकल खोजतलासको लागि महानगरिय प्रहरी बृत गौशालामा उजुरी परेको थियो । सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले तराई दैनिक खबरलाई जानकारी दिनु भयो । रौतहटमा डिएसपि भण्डारी आए देखि बिभिन्न क्रियाकलापहरु नियन्त्रणमा लिएको दाबी गरेका छन


