भ्रष्टाचारीलाई जराबाटै उखेलेर नफालेसम्म देश समृद्ध हुन सक्दैन :- पूर्वडिआइजी रमेश खरेल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २२, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
भ्रष्टाचारीलाई जराबाटै उखेलेर नफालेसम्म देश समृद्ध हुन सक्दैन :- पूर्वडिआइजी रमेश खरेल


ओम प्रकाश यादव
मंसिर २१ गते, रौतहट ।
नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन अभियानका केन्द्रिय संयोजक रमेश खरेलले देश अहिले भ्रष्टाचारीहरुको जालोमा फसेको बताएका छन ।
देशको नेतृत्व गर्ने दल एवं दलका नेताहरु नै देश बनाउने र विकास गर्ने नाममा मुलुकमा व्यापक भ्रष्टाचार गर्न उत्रेको उनले बताएका छन ।
रौतहटको गरुडामा मंगलवार नेपाल सुशासन अभियानद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वडिआइजी खरेलले अहिलेका नेता एवं जनप्रतिनिधिहरु देश बनाउने नाममा देशलाई लुटनेतर्फ लागेको बताएका छन ।
देशको कार्यकारी प्रमुख देखि लिएर न्यायपालिका प्रमुख, राजनितिक दलका नेता एवं निर्वाचित जनप्रतिनिधि कसैलाई पनि देशप्रति माया नरहेको बताउँदै खरेलले उनिहरु जसरी भएपनि भ्रष्टाचार गरेर कसरी सात पुस्तालाई पुग्नेगरी अकुत सम्पति आर्जन गर्नेतर्फ मात्र लागेको आरोप लगाए ।
देश गलत मान्छेको हातमा गएको कारण अहिले राम्रा मान्छेलाई कुनै पनि ठाउँमा अवसर पाउन मुस्किल भएको र नेताको चाकरी गर्नेहरुलाई चाडैं अवसर पाइरहेको उनले बताए ।
पूर्वडिआइजी खरेलले भने देश अहिले भ्रष्टाचारीहरुको जालोमा फस्नुको मुख्य दोषी हामी तपाई नै हो, चुनावमा सर्वप्रथम हामीले नै भोट दिएर गलत मान्छेलाई जिताएर देशको नेतृत्व गर्ने जिम्मा दिन्छौ । अघि उनले थपे हामिले नै गलत एवं भ्रष्ट मान्छेलाई सत्तामा पुरयाएर भ्रष्टाचार गर्ने लाइसेन्स दिने गरेका छौ, यसमा पहिलो गल्ती हामी तपाईको नै हो त्यसैले अबदेखी त्यस्तो भूल नगर्न उनले सबैलाई आग्रह गरे ।
त्यसैले देशलाई सुखी, समृद्ध र विकसित बनाउन आउँदो निर्वाचनमा राम्रा व्यक्तिलाई मात्र साथ दिन उनले सबैलाई आग्रह गरे । साथै उनले आगामी निर्वाचनमा भ्रष्टाचारी, बैमान, गुण्डा एवं अपराधीलाई राम्ररी सवक सिकाउनुपर्ने धारणा राखे ।
देशबाट जबसम्म बइमान, अपराधी, भ्रष्टाचारी एवं गुण्डाहरुको राज अन्त्य हुँदैन तवसम्म कुनैपनि हालतमा देश समृद्ध र विकसित हुन नसक्ने खरेलले दावी गरे ।
भ्रष्टाचारमा लिप्त, कुशासनमा लागेका, गुण्डागर्दी गर्ने, अपराध गर्ने र समाजमा अराजकता मच्चाउने व्यक्तिलाई विस्थापित नगरेसम्म देशमा विकास हुन नसक्ने उनले बताए ।
चुनावमा राम्रा मान्छे नजितेसम्म देशबाट कहिल्यै भ्रष्टाचार अन्त्य हुन नसक्ने र देशमा कहिल्यै पनि सुशासन कायम हुन नसक्ने उनले बताए ।
देशको हरेक निकाय एवं कार्यालयमा भ्रष्टाचार बढ्ेको भन्दै उनले भ्रष्टाचार अन्त्य गर्नका लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गरे ।
देशमा दिनप्रतिदिन बढ्दै गएको भ्रष्टाचार अन्त्य गरी देशलाई सुखी, सम्पन्न, समृद्ध एवं विकसित बनाउन तथा आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउन भ्रष्टाचारीहरुलाई तह लगाउन सबैलाई एकढिका भएर लाग्न उनले आग्रह गरेका छन ।
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचार विरुद्धको आफनो यो अभियान देशभरी जारी नै रहने उनले बताए ।
भ्रष्टाचार मुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्द्धन, लोकतन्त्रको जगेर्नाका लागि निर्वाचन लगायतका आधारभूत प्रणालीमा सुधार, राजनैतिक शुद्धीकरण कानूनी शासनको प्रत्याभूति र सक्षम नियमन व्यवस्थापन, निशुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षातर्फ राष्ट्रको अग्रसरता सिर्जनशीलताको कदर रोजगारी सिर्जना र युवा वर्गमा उत्साह र उत्प्रेरणा अभिवृद्धि, सुसंस्कृत सम्बद्ध र समतामुलक समाजको निर्माण गर्ने योजनाका साथ आफुले देशभरी नै नेपाल सुशासन अभियान चलाएको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका प्रदेश सदस्य एवं प्रदेश २ का दलित विकास समितिका समेत सदस्य राजकुमार दासले भ्रष्टाचार अन्त्य नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन ।
देशको हरेक क्षेत्रमा भ्रष्टाचार, घुसघोरी र दलाली बढेको भन्दै नेता दासले देशलाई भ्रष्टाचार मुक्त गर्नसके मात्र देशमा विकास हुने बताए ।
समृद्धि प्राप्त गर्ने हो भने सबैभन्दा पहिलो काम देशभित्र व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्दै नेता दासले अघि भने घुसखोरी दलदलबाट देशलाई मुक्त गर्नसके समृद्धि आफैँ आउँछ । वास्तवमा भ्रष्टाचारको दलदलबाट मुक्त हुनु नै समृद्ध हुनु हो ।
नेपालमा अहिले आर्थिक गतिविधि न्यून छन् । अर्थतन्त्र धेरै सानो छ । यस्तो अवस्थामा समेत देशका प्रायः सबै क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको छ । प्रत्येक वर्ष देशमा अर्बौं रुपैयाँ बेरुजु भएको खबर पटक पटक बाहिरिने गरेको बताउँदै उनले अघि भने यसरी बाहिर नदेखिने भ्रष्टाचार कति होला हामी आकलन पनि गर्न सक्दैनौ । कसैले थोरै खाए होलान्, कसैले धेरै तर कुनै न कुनैरुपमा देशको राजनीतिक, सामाजिक, आर्थिक र बौद्धिक क्षेत्रसमेत भ्रष्टाचारको दलदलमा फसिसकेको छ । अझ अब समृद्धि ल्याउने भनेर बढाइने आर्थिक गतिविधिले यो भ्रष्टाचारको दलदल कति बढ्ला ? अनुमानमात्रै पनि कहाली लाग्दो देखिएको उनले बताए ।
गाडीका सिन्डिकेट त तोड्ने काम सुरु भएजस्तो छ तर भ्रष्टाचारका विकराल सिन्डिकेट नतोडिएसम्म समृद्धिका योजना सबै असफल हुने निश्चित रहेको उनको भनाई छ ।
स्थानीय समाजिक अभियन्ता एमडी सनमले आयोजना गरेको उक्त कार्यक्रममा बोल्ने सबै बक्ताहरुले भ्रष्टाचार अन्त्य गर्न आ आफना ठाउँबाट सबैलाई जोडदार रुपमा आवाज उठाउन जोड दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस