राजेश पासवान । २३ मंसिर।रौतहट ।
रौतहटको जिल्लाको वृन्दावनमा जनता समाजवादी पार्टीको संगठन विस्तार सम्बन्धी विशेष छलफल तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
वृन्दावन नगरपालिकाको वडा नम्बर – ६ हर्षाहा स्थित रहेको जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमा उक्त नगरपालिका भित्रका हरेक वडाहरुमा जनता सामाजवादी पार्टीको वडा कमिटी गठन गर्न निर्णय भएको छ भने वडा नम्बर १ मा मंसिर २७ गते,२ मा २८ गते,३ मा २९ गते,४ मा १ गते,५ मा २ गते,६ मा ३ गते,७ मा ४ गते,८ मा ५ गते र वडा नम्बर ९ मा मंसिर ६ गते का दिन गाउँकमिटी गठन गर्ने निर्णय भएको छ।
कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै प्रदेश सांसद शेख अबुल कलाम आजाद(फुलबाबुले) भन्नुभयो अबको आउदो चुनावमा विजयी प्राप्त गर्नका निमित्त पार्टीका हरेक नेता कार्याकर्ताहरु आ-आफ्नो स्थानबाट सांगठित भई इमानदारीपूर्वक अगाडि बढ्नुपर्छ र पार्टीलाई अगाडि बढाउन आफु हरेक तरिकाले सहयोग गरिरहने बताए ।
त्यसैगरी सो कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख पदको भावी उम्मेदवार मो.शेख हकिमले नगरभरीको समग्र विकासका लागि आफू पुर्णरुपले लागिपरेको र नगर भित्र रहेको हरेक भ्रष्टाचारको विरुद्ध लागिपरेको बताउदै आफुपनि पहिला नेपाली काँग्रेस पार्टीमै लागेको थिए तर काँग्रेसको सिद्धान्त न राम्रो देखेपछि मात्रै आफू जनता समाजवादी पार्टीमा लागेको खुलासा गर्नुभयो।
त्यसैगरी आफू एउटा विकास प्रेमी व्यक्ति रहेकोले र जसपा पार्टी मधेस र मधेसीको मर्म बुझ्ने,दलित,मुस्लिम र पिछडावर्गकै पार्टी रहेकोले आगामी चुनावमा आफुलाई सहयोग गर्न र निस्वार्थ रुपले जसपालाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद शेख अबुल कलाम आजाद (फुलबाबु)वृन्दावन नगरपालिकाका नगर प्रमुख पदको भावी उम्मेदवार मो.शेख हकिम,जसपाका युवा नेता अच्छेलाल बैठा र दलित नेता सम्भु पासवान लगायत विभिन्न ठाउँबाट आएका जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको उदघोषण जसपा- का युवा नेता विवेक पटेलले गर्नुभएको थियो।


