कृष्ण तिवारी , रौतहट २४ मंसिर ।
रौतहट । अनुदानको मलखाद बेच्ने सहकारीका संचालक र खरिद गर्ने ब्यापारी लाई पक्राउ गर्न माग गर्दै रौतहटका किसान आन्दोलनमा उत्रेका छन ।
माधव नारायण नगरपालिकाका ६ स्थित माओवादी पार्टीका मेयरका प्रत्याशी देवनारायण भगत बीनका छोरा आयुष कृषि सहकारी संस्थाका संचालक धीरेन्द्र भगत बीन र सहुलियत दरको मल खरिद गर्ने सोही ठाउँका ब्यापारी श्याम साह लाई पक्राउको माग गर्दै किसानहरु आन्दोलनमा उत्रेका छन ।
सैयौंको संख्यामा रहेका किसानहरु अहिले माधव नारायण का मेयर प्रत्याशी देवनारायण भगत बिन,सहकारी संचालक उनका छोरा धिरेन्द्र भगत बिन र र ब्यापारी श्याम साह विरुद्ध चर्का नारा लगाउंदै माधोपुर बजार परिक्रमा गरिरहेका छन ।
अनुदानको मलखाद ब्लेकरेटमा बेच्ने सहकारी संचालक बिन र खरिद गर्ने ब्यापारी साहलाई जबसम्म प्रहरीले पक्राउ गर्दैन हाम्रो आन्दोलन जारी रह्ने किसानको भनाई उधृतगर्दै पत्रकार ओमप्रकाश यादवले खबर पठाएका छन । सहकारीको मलखाद ब्यापारी लाई बेचेपछी किसानहरु आन्दोलित भएका हुन । स्थानीय किसान राम विनोद यादवले माधव नारायण ६ स्थित श्याम बीजभण्डारमा मलखाद किन्न जाँदा २४ सय पर्ने प्रति बोरा अनुदानको डिएपी ३ हजार ३ सयमा पाएपछि २ दिन अघि उक्त रहस्य खुलेको हो । कृषि सामग्री कम्पनी लेखिएको मल काहां बाट ल्याएको भनी किसानले हप्काएपछी बिज भण्डार संचालक श्याम साहले आयुष कृषि सहकारी संग खरिद गरेको बताएका थिए ।
दर्जनौंको संख्यामा रहेका किसानले कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रसायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेका थिए ।
बरामद मलखाद अहिले सम्म प्रहरी चौकी माधोपुरको नियन्त्रणमा रहेको छ । घटना बाहिरिए पछि सहकारी संचालक बिन र बिज भण्डार संचालक साह हालसम्म फरार रहेका छन ।
हाल गहुँ र मुसुरो रोप्ने समयमा मलखाद खोज्न मुस्किल भैरहेको बेलामा सहकारीको मल ब्यापारीको गोदाममा फेला परेपछि किसानहरु आक्रोशित बनेका छन । सहकारीका अध्यक्ष बिन र ब्यापारी साहलाई हदैसम्मको कारवाही गर्नुपर्ने, संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफूहरुलाई समयमा पर्याप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरुले बिहीबार देखि प्रदर्शन गर्दै आएका छन ।
सहकारी संचालकका बाबू मेयर प्रत्याशी देव नारायण भगत बिन रौतहट क्षेत्र १ बाट निर्वाचित भएका पुर्व सांसद सत्य नारायण भगत बिनका आफ्नै भाइ हुन ।
यसैबीच आयुष कृषि सहकारि संस्था को दर्ता खारेजि र श्याम बिज भण्डार लाई कारबाहीको माग गर्दै शुक्रबार माधवनारायण ६ को वडा कार्यालयमा किसानहरुले सामुहिक निबेदन दर्ता गराएका छन ।
अनुदानको मल बेच्ने संचालक लाई पक्राउ गर्न माग गर्दै किसान आन्दोलित


