ओम प्रकाश यादव
मंसिर २४ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. ४ को माध्यमिक विद्यालय विसुनपुर्वा मानपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विशाल भण्डारी निर्वाचित भएका छन ।
व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि विहिवार भएको निर्वाचनमा समितिको अध्यक्षमा जनता समाजवादी पार्टीका भण्डारी १ सय ५९ मत प्राप्त गर्दै विजयी भएका हुन ।
विहिवार साँझ अबेर करिव ८ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार भण्डारी पक्षका पुरै प्यानल नै विजयी भएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साँझा उम्मेदवार रामबाबु मुखियालाई २१ मतले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष भण्डारीका निकटतम प्रतिद्धन्दी मुखिया जम्मा १ सय ३८ मत प्राप्त गरेका छन ।
अध्यक्षमा भण्डारी र सदस्यहरुमा जसपाकै नागेश्वर मुखिया, अन्हिया देवी र इन्दु देवी निर्वाचित भएका हुन ।
कुल विद्यार्थी संख्या अर्थात मतदाता ३ सय १८ रहेकोमा जम्मा ३ सय १२ जनाले मतदान गरेका थिए भने ६ जना मतदानमा सहभागी हुन सकेको थिएन । ३ सय १२ मत खसेकोमा १५ वटा मत बदर भएको थियो ।
यसअघि समितिको निर्वाचनको विषयलाई लिएर जसपाका पारस भण्डारी र कांग्रेस एवं माओवादीका रामबाबु मुखिया पक्षका बीच पटक वादविवाद हुँदै आएको थियो तर विहिवार शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ ।
विसुनपुर्वा माविको व्यवस्थापन समितिको अध्यक्षमा विशाल भण्डारी विजयी


