नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिम

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए

प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’

सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसङ्ग छलफल भइरहेको बताए ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहिबेर आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आज उम्मेदवारको मनोनयम दर्ता हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस