नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए ।सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस