राैशन कुमार चाैधरी
मंसिर २५ ।,रौतहट
रौतहट जिल्लाकाे कटहरिया नगरपालिका वार्ड नं.६ श्री अधारभुत विधालय फत्तेपुरको प्राङ्गणमा श्री कृष्ण कथा ज्ञान महायज्ञ शनिवारबाट सुरु भएको छ ।
पाचदिन सम्म चल्ने महायज्ञको आज ८०८ कन्या कुमारीद्धारा भब्य कलश यात्रा निकालिएको थियाे । कलश यात्रामा बिभिन्न बाजागाजा सहित हजाराै जनाकाे सहभागिता रहेकाे थियाे । श्री कृष्ण कथा ज्ञान महायज्ञकाे आयोजक संस्था दिव्य ज्याेति जाग्रति संस्था , नेपालले गरेकाे छ ।
शनिवार देखि वुधबार ५ दिन सम्म रहने महायज्ञमा भगवान श्री रामसिता बिवाहको पंचमिकाे पावन अवसरमा बिशेष पर्वको रुपमा बिश्वशान्ति ,बिश्वकल्याण ,राष्ट्रशान्ति ,राष्ट्रकल्याण नेपाली र बिदेशमा बस्नुहुने सम्पुर्ण नेपालिहरु र बिश्वभरिका अतृप्ता आत्माहरुको कैवल्य मुक्ति प्राप्त गरि धर्म ,अर्थकाम ,मोक्षसहित ऐश्वर्य प्राप्ति हेतु आयोजित बिबिध धार्मिक अनुष्ठानमा यज्ञाचार्य श्री आशिताेष महाराजकाे शिषवा साहवि गंगाेशा भारति ज्युको मुखारबृन्दबाट संगितमय श्रीकृष्ण कथा पितृमोक्ष ज्ञान महायज्ञ सुरु भएको छ ।
सो महायज्ञलाई बिबिध धार्मिक अनुष्ठान,बिषेशपुजामा कृष्ण कथामा पितृमोक्ष ज्ञान महायज्ञमा बिभिन्न भक्तजन तथा श्रादालुहरुलाई यस यज्ञमा आई यज्ञको सोभा बढादिनको लागिवडा सदस्य प्रसाद सहनि, राजदेव सहनि , संजय जयसवाल ,ज्याेतिक महताे ,अनुठा ठाकुर , संजय सहनि , विनाेद यादव , अंचित सहनि लगायत फत्तेपुरका सम्पुर्ण ग्रामवासि द्वारा हार्दिक अनुरोध गरेका साथै हजारौँ व्यक्तिहरुको सहभागिता रहेको थियो ।