कृष्ण तिवारी ,
पुष १ गते, रौतहट ।
रौतहटमा नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैयाका मुखलाल प्रसादको २६ वर्षिय छोरा विकाश जयसवाल र सोही ठाउँका रामेश्वर प्रसादका ३२ वर्षिय छोरा अजय प्रसाद रहेका छन ।
प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीको गस्ती टोलीले उनिहरुलाई बुधवार बेलुका पक्राउ गरी विहिवार सार्वजनिक गरेका छन ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नक्कली नेपाली रुपैयाँ सहित जिल्लाको परोहा नगरपालिका ८ नरकटियाबाट उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली नक्कली नोट रु एक हजार दरको ६९ थान र पाँच सय दरको १ थान गरी जम्मा उन्नासतरी हजार पाँच सय नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई खोटा मुद्रा सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।


