पर्सामा पार्टी प्रवेश तथा आमसभा को तैयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ३, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
पर्सामा पार्टी प्रवेश तथा आमसभा को तैयारी

कृष्ण तिवारी । पुष ०३ गते । नेकपा एमाले पार्टीको प्रदेस नम्बर २ को बैठक शुक्रवार बिरगजमा बसेको छ । बैठकले प्रदेश का ८ वटै जिल्ला बाट एकलाख बढी को जनसहभागिता गराउने निर्णय भएको छ ।
प्रदेश २ का इन्चार्ज रघुबिर महासेठ को प्रमुख आतिथ्यतामा पर्सा जिल्लाका अध्यक्ष प्रभु हजरा को अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।कार्यक्रमका विशिष्ट अतिथि स्थाई कमिटी सदस्य प्रभु साह ,पोलिट्ब्युरो सदस्य सुमन प्याकुरेल ज्वाला साह ,लिलानाथ श्रेष्ठ ,अच्युत मैनाली ,पुरषोतम पौडेल,प्रदेश २का अध्यक्ष रामाऔतार यादब ,उपाध्यक्ष रेवती पन्त ,सचिव डा.कृष्ण पौडेल, सह सचीव आरती भण्डारी लगायत नेताहरुको सहभागिता रहेको थियो ।
बिरगंजमा बसेको बैठकले नेकपा माओवादी पार्टी बाट निर्वाचित रघुनाथपुर गाउपालिका प्रमुख मो. जालिम मिया अनसारी लगाएतका नेताहरु लाई पुस ८ गते पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि आउने कार्यक्रम रहेको र सो कार्यक्रम लाई सभ्य,भव्य र मर्यादित बनाउने उदेश्यले बैठकमा छलफल भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस