रमेश कुमार यादब
पौष ०४,रौतहट
रौतहट जिल्लाको माधव नरायण नगरपालिकामा एक दिने महिला हिँसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन भएको छ ।हरि नरायण राय यादबको अध्यक्षतामा महिला हिँसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम जिल्लाको माधव नरायण नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि माधव नरायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र प्रसाद यादब रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथि सोहि नगरपालिकाको नियमित प्रमुख प्रशाशकिय अधिकृत जियालाल राय यादब रहनु भएको थियो । कार्यक्रमलाई सुरु गर्नु भन्दा अधि कार्यक्रमलाई हिन्दु ,मुस्लिम र क्रिसचन गरि तिन जातिका धर्म गुरुद्धारा प्रार्थना गरिएको थियो ।
महिला हिँसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रमको प्रमुख अतिथि रहनु भएका बिरेन्द्र प्रसाद यादबले भन्नु भयो कि रौतहटमा बढदैं गईरहेको सामाजिक विकृतिको रुपमा रहेको महिला हिंसा ,लैंगिक हिंसा , घरेलु हिंसा ,बाल विवाहलाइ न्यूनीकरण गर्ने उदेश्यले राष्ट्रिय अन्तरधार्मिक सन्जाल९निरन०नेपाल ,वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा सँचालित महिला हिँसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रमद्धारा समाजमा घटिरहेका घटनालाई न्युनिकरण गर्न पहल गर्नुमा अग्रसरता देखाउनुमा धेरै धेरै धन्याबाद दिन चाहन्छु ।उहाँले भने बास्तवामा हाम्रो समाजमा सबभन्दा बढि महिलाहरुमाथि बिभिन्न किसिमका हिंसाहरु भईरहेको पाईएको त्यसलाई समाधान गर्न प्रशासन लगायत समाजमा रहेका अगुवा ब्यक्तिहरुलाई पहल गर्न अनुरोध गरेका थिए ।
हाम्रो समाजमा महिलालाई कुनै पनि कार्यक्रममा सहभागिता हुन नदिन ,कुनै काम गर्नबाट बन्चित गर्ने ,पुरुषद्धारा जाड रक्सि खाएर अनावश्यक मारपिट गर्ने जस्ता कार्यहरु महिला हिंसामा नै पर्ने गर्छ । यस्ता कार्यहरुलाई बन्द गर्न समाजका अगुवा र यस संस्था राष्ट्रिय अन्तरधार्मिक सन्जाल तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपालका सहयोगमा जडदेखि उखाल्नु पर्छ भनि आग्रह गरेका थिए ।सोहि कार्यक्रमको बिशिष्ट अतिथि माधव नरायण नगरपालिकाको नियमति प्रमुख प्रशाशकिय अधिकृत जियालाल यादबले भने सबैको सहयोगमा यस महिला हिंसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रमको सहयोगले समाजमा रहेका बाल बिवाह ,दाईजो प्रथा जस्ता कुरितिहरुलाई हटाउन अति नै जरुरी रहेको बताएका थिए र सकेसम्म हामि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । महिला हिँसा अन्त्यका लागी धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रमका तथा सो सँस्थाको उपाअध्यक्ष तरनुम जियाले बिस्तृत रुपमा महिला हिंसा अन्त्यको बारेमा जानकारी दिएका थिए ।
त्यसतै सोहि सँस्थाका जिल्ला अध्यक्ष शेख अनिसु रहमानले कार्यक्रममा सहभागी भएका युवा समूह , सामुदायिक तथा महिला समूहका सदस्यहरुलाई सामाजिक रुपमा जरो गाड्दै गएको विकृति विसंगतिलाई न्यूनीकरण गर्न चाल्नु पर्ने कदम , कानूनी प्रक्रिया , कार्यान्वयन गर्ने निकायको भूमिका दायित्व बारे कार्यक्रमका जिल्ला अध्यक्ष रहमानले जानकारी गराएका थिए । लिङ्ग र लैंगिकताको आधारमा हुने विभेद , असर र निराकरण तथा कानूनी उपचारको विषयमा समूह बनाइ छलफल गरिएको थियो । विभेदको विषयमा कानूनी रुपमा उजुरी दिए केही हदसम्म न्यूनीकरण गर्न सकिने सहभागीहरुले सुझाव दिनुको साथै जनचेतना मुलक कार्यक्रम गरेर यसको बारेमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिए थिए ।सो कार्यक्रममा सोहि ठाउँको प्रहरी चौकीको प्रमुख रामानन्द यादब , राष्ट्रिय अन्तरधार्मिक सञ्जाल ९निरन०नेपालको अफिसर अनिस चौधरी ,दिनकर यादब ,मो।कलिमुल्ला ,मो।जहिर महिला तर्फ जमुना साह ,पत्रकार लगायत दर्जनौ मानिसहरुको उपस्थिती रहेको थियो ।
धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन


