राैशन कुमार चाैधरी।पुष ०४ गते ।
रौतहट ।रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको हिमालिबासमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
ना८ ख ४२०२ नम्बरको टिपरले आइतबार राती ८:३० बजेको समयमा ना १८ प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक लक्ष्मीनिया निवासी खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
टिपरको चालक फरार रहेको र चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरको प्रहरी निरिक्षक बिश्नु बिश्वकार्माले जनाएको छ।टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको थप्प विवरण आउन बाकी छ।


