बिहानको बाक्लो हुस्सीर शीतलहरका कारण जनजीवन कष्टकर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ५, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
बिहानको बाक्लो हुस्सीर शीतलहरका कारण  जनजीवन कष्टकर

राजेश पासवान।पौष ५ गते।रौतहट ।

तराई मधेसका जिल्लाहरूमा सोमबार देखि चिसो ह्वात्तै बढ्न थालेको छ। बिहानको बाक्लो हुस्सु र शीतलहरका कारण विधार्थी, बालबालिका र वृद्धवृद्धाको जनजीवन कष्टकर बन्न थालेको छ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् ।बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।

यद्यपि, न्यानो कपडाका पसलमा ग्राहकको भीड बढेको छ भने सडकपेटीमा कपडा बढेको देखिन्छ । सडकपेटीमा सस्तो लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेको देखिन्छ। उनका अनुसार स्थानीयले न्यानो लुगा जोहो गर्न थालेका छन् ।

कठ्यांग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारी साधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम बढेको सवारी चालक बताउँछन् ।

चिसोकै कारण बिरामीसमेत बढेका छन् भने चिसो कै कारण अहिलेसम्म रौतहटमा दुइओटा बालकको ज्यान गइसकेको छ।चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको बरगजवा स्वास्थ्य चौकीका इन्चार्ज शुभनरायण यादवले जानकारी दिए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने चिकित्सकको सुझाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस