दिपेन्द्र रजक । पुष ०५ गते ।
रौतहटमा चिसोले कठ्याङृएर २ बालिकाको ज्यान गएको छ । फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वाका दमोदर बैठाको दुई बर्षिया छोरि रमिता बैठाको आईतवार सांझ चिसोले कठ्ङरिएर ज्यान गएको हो । वडामा स्वास्थ्य चौकि नभएकोले बालिकाकी आमाले छोरीलाई काखमा लिएर पैदल तिन किलोमिटर टाढा सन्तपुर स्थित सवास्थ्य चौकिमा खोप लगाउन गएकी थिईन ।
लामोसमय लाईनमा बसेर खोप लगाएर फर्किने क्रममा जाडोले बाचा सिकिस्त भएको बालिकाको घरमा पुग्दा पुग्दै मृत्यु भएको मृतकका बाबू बैठाले बताएका छन । फतुवा बिजयपुर नगर पालिका ६ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकि न भएको कारण गाउँका सुत्केरी आमाहरु आफ्नो आफ्नो बाचालाई कांखमा लिएर करिब तिन किलोमिटर टाढा सन्तपुर सवास्थ्य चौकिमा जाने बाध्यता रहेको छ। गर्मिको महिनामा सुत्केरि आमाहरु एक हाथमा आफ्नो बाचा र एक हाथमा छाता ओढेर जानछ्न ।
जाडोको महिनामा चिसो हुंदा आफ्नो बाचा काखमा लिएर हिडेर जानछ्न । गर्मी र जाडोमा कैयौंपटक यस्तो घटना दोहरिंदा पनि स्थानीय सरकारले गाउँमा यहा सवस्थ्य चौकि स्थापना गर्न कुनै ध्यान नदिएको गाउँलेहरुले गुनासो गर्दै आएका छन ।
पेटभर्वा र रामदाशी गाउँमा स्वास्थ चौकी र बर्थिङ सेन्टर नहुंदा गाउँलेहरु बर्षौदेखी शास्ती खेप्दै आएका छन ।यसको केही दिनअघि मात्र बृन्दाबन नगरपालिकामा मतदाता परिचयपत्र बनाउन एकजना आमाले २ बर्षिया छोरिलाई कांखिमा लिएर अबेरसम्म बसिरहेकाले चिसोले कठ्याङृएर उक्त बालिकाको ज्यान गएको थियो ।
रौतहटको पेटभर्वामा स्वास्थ्य चौकि नहुदा एक जना बलिकाको मृत्यु


