रमेश कुमार यादब
पौष ०६,रौतहट
रौतहटको गरुडामा वृद्ध ,वृद्धाहरुले चक्काजाम गरेका छन् । जिताएको जनप्रतिनिधिको लापारवाहि तथा भागबन्डाको कारण बृद्धबृद्धाहरुले दुख भोग्न परेको छ । रौतहट जिल्लाको बृद्धबद्धाहरु एक्सनका आएको छ । उनीहरुले साउन महिना देखिको वृद्धा भत्ता उपलब्ध नगराएको भन्दै आज मंगलबार गौर चपुर रोड चक्काजाम गरेका थिए । उनीहरुले कार्तिक महिनामा दिने भनि आशमा बसेको थियो ।तर छठ यस्तो पर्वमा भता आउँछ त्यस पैसाले पर्व गर्ने या पर्वमा नयाँ लुगा लगाउने भनि आश निरासमा यो नगरपालिकाको मेयर ,उपमेयर बिचको भागबन्डा नमिलेको कारण आज सम्म हाम्रो बृद्ध भता नदिएको प्रति दुखे पोखे । यो नगरपालिकाको मेयर ईन्नु रायले आफ्नो आसेपासे तथा वरिपरिको मानिसलाई मात्र पोस्ने काम गरेको बृद्धबद्धाहरुले आरोप लगाए । तर यस नगरपालिकाको नगर प्रमुखको लापारवाहिको कारण अहिले सम्म भता नदिएको गुनासो गरे । अन्य नगरपालिकाहरुमा सम्पुर्ण बृद्धबृद्धाहरुको बृद्धा भता मिले पनि यस नगरपालिकामा नदिएको कारण के हो भनि उनी नगर प्रमुखसँग प्रश्न गरेका थिए । अहिले एकाएक चिसो बढेको छ ।यो चिसो छल्न यस नगरपालिकाले केहि नगरेको प्रति उनीहरु नगरपालिका प्रति नलायकको सँज्ञा दिएका थिए । जाडो समय सुरु भए संगै वृद्ध वृद्धाहरु बढी प्रभावित हुने गरेका छन् । भत्ताको रकम आउला र न्यानो लत्ता कपडा किनेर लागौला भन्ने आश गरेर बसिरहेका थिए । तर यस नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको लापरवाहीका कारण समयमा भत्ता पाउनबाट बन्चित हुँदै आएका छन् । रौतहटका विभिन्न स्थानिय तहले समयमा वृद्ध तथा पोषण भत्ता वितरण नगर्दा उनीहरु सास्ती खेप्न बाध्य भएका छन् । यस तपÞर्m सम्बन्धित निकायले ध्यान दिन जरुरि रहेको उनीहरु बताउछन । यदि यस प्रति कसैले छिटो भन्दा छिटो ध्यान नदिदा यो भन्दा ठुलो आन्दोलन गर्ने नगरपालिकाका प्रमुखलाई चेतावनी समेत दिएका छन ।
गरुडा नगरपालिकाले वृद्धा भत्ता नदिएको भन्दै बृद्धबृद्धाहरु गरे चक्काजाम


