
पुस ११ गते । रौतहट ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ९ मा रहेको बिधालयका बिधार्थीहरुले छात्रवृतीको रकम पाउन बाट बचिंत भएका छन ।
साबिक गाबिस धरहरी हाल देवाही गोनाही नगरपालिका वडा नं. ९ मा रहेको श्री प्राथमिक बिधालयका छात्र—छात्राहरुले बिगत दुई बर्ष देखी छात्रवृतीको रकम पाउन बाट बचिंत भएको अभिभावकहरुले गुनासो गरेका छन ।
बिधालयका प्रधानअध्यापकले बिगत दुई बर्ष देखी बालबालिकाहरुको छात्रवृती रकम रोकेर राखिएको अभिभावकहरुले आरोप लगाएका छन ।
उक्त बिधालयमा आर्थिक स्थीती कमजोर भएका अतिबिपन्न तथा गरिब परिबारका छोरा छोरीहरुले पठन पाठन गरिदै आएको छ ।
बिधालयका प्रअले समयमा छात्रवृतीको रकम बितरण गर्न नसके पछि बिधार्थीहरु जाडोको समयमा ड्रेस खरिद गर्न निकै समस्या परेको गुनासो गरेका छन ।
यसै बिषयलाई लियर स्थानिय समाजसेवी राजिव प्रसाद यादवको नेतृत्वमा गएका दुई दर्जन अभिभावकहरु र धरहरी यसवा कल्बका टोलीले अनुगमन गर्न जादा तिन चार जना शिक्षकहरु अनुपस्थितीरहेको थियो
यस बिषयमा शिक्षकहरु बिधालयमा किन नआएको हो भने प्रअ संग सोध्दा प्रअको बोली समेत बन्द भएका थिए । भने गल्ती समेत सकार गरेका थिए ।
बिधालय समयमा नआएका शिक्षकहरुको हाजरी अभिभावकहरुले कटा गरिएका थिए ।
बिधालयमा शिक्षकहरुको पदपुर्ति पुरा भए पनि प्रत्यक दिन दुई वा तिन जना शिक्षक बिधालयमा अनुपस्थिती हुने गरेको बिधार्थीहरुले बताए । शिक्षक नहुदा आफुहरुको पठनपाठन समेत प्रभावित हुदै आएको बिधार्थीहरुले गुनासो गरे ।
बिधालयका शिक्षकहरु बिधालय नै नगई घर बसी—बसी तलब भत्ता बुझिदै आएको उनिहरुको भनाई छ ।
बिधालयमा शिक्षकहरु समय समयमा नआउदा बिधार्थीहरु सहि शिक्षा लिनबाट बंचित भएका छन ।
बिधाथीहरुको गुनोसो पछि अनुगमनमा गएका अभिभावकहरुले शिक्षकहरुको उपस्थिती न्युन हुनु यसमा सबभन्दा बढी कमी कमजोरी त्याहाका वडा अध्यक्ष राजेश साहको रहेको समाजसेवी यादवले बताए ।
धरहरीका सामुदायिक बिधालयहरुमा शैक्षिक अवस्था दिन दिनै कमजोर हुदै गएको र तर्फ वडा अध्यक्ष राजेश साहले ध्यान नदिएको भन्दै स्थानियहरु आक्रोसित हुदै गएको छ ।
बिधालयहरुमा शैक्षिक अवस्था दिन दिनै कमजोर हुदै जादा वडा अध्यक्ष राजेश साहले कानमा तेल हालेर सुतेको अभिभावकहरुले बताए ।
शिक्षाबाट अनबिज्ञ रहेका वडा अध्यक्ष साह वडामा निर्वाचित भए देखि शिक्षाको अवस्था कमजोर दुदै गएको छ ।
प्रत्यक छौ महिनामा स्कुलमा बिधार्थीहरुको लागि शिक्षहरुको कार्यतालिका त्यार गर्नु पर्ने प्रावधान हुदा हुदै प्रअले त्यस्तो नगरेको अभिभावकहरुले बताए ।
बिधालयमा भएको कमीकमजोरी सुधार गर्नको लागि एक हप्ताको समय सिमा दिएको र सो समय सिमा भित्र सुधार नभए त्यस बारेमा थप कडा कदम चालिने अभिभावकहरुले चेतावनी दिनु भयो ।
