फत्तेपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष १३, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
फत्तेपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सम्पन्न

राज कुमार यादव । पुष १३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वाड नं ६ फतेपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सम्पन्न भएकाे छ । नेपाली कांग्रेस पार्टीबाट नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्।

नेपाली कांग्रेस पार्टीको वाडा सदस्यकाे श्रीमान शेख सफरूदिन, लगाएत अन्य पार्टी वाट कपिलदेव पसवान,रामबालक कुशवहा,शेख माधो,शेख ओकिल,मंगनी सहनी,चैन सहनी, जगरनाथ सहनी,शेषनाथ ठाकुर,अनन्दी चौधरी,श्रवण पसवान,शुनेष पसवान,सुनिल चौधरी, लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

सो कार्यक्रममा प्रमुख अथिति पूर्व मंन्त्री प्रभु साहले लोकतन्त्रको साथमा खेलवाड़ भई रहेको र जितेका नेता संसाद बाहर र हारेको नेता संसाद भित्र रहेको बताएका छन्। लोकतन्त्रको नाउमा खेलवाड गरेका माधव नेपाल र प्रचण्ड लोकतन्त्रको रक्षा गर्दछु भनेर कम्युनिष्ट पार्टीको नाम बदनाम गरेको र लोकतन्त्रलाई खेलवाड गरेका अरोप लगाएका छन्।

कार्यक्रममा साहले सही र गलत नेताको पहिचान गर्नको लागि जनता संग आग्रह गरेका छन्। साे कार्यक्रमकाे अध्यक्षक्छता गाउकमिटीका अध्यक्ष जयराम चाैधरीले गरेका थिए ।

नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पूर्व मंत्री प्रभु साह, पूर्व प्रदेश संसाद कुन्दन कुशवहा, फतुवा विजयपुर नगरपालिकाकी नगर उपप्रमुख कान्ति देवी महतो, कहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवहा वाड ४ वाडाध्यक्ष चन्दन कुशवहा, बौधीमाई नगरपालिका मेयर प्रत्यासी अमर साह र नेता चन्देश्वर बैठा लगायत विभिन्न नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस