रौतहट जीप दुर्घटनाका घाइतेहरुको उद्धार कार्यमा आफै जुटे राज्य मन्त्री योगेन्द्र यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष १३, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहट जीप दुर्घटनाका घाइतेहरुको उद्धार कार्यमा आफै जुटे राज्य मन्त्री योगेन्द्र यादव


ओम प्रकाश यादव
पुस १३ गते ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले रौतहटमा आज ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेका छन् ।
गौर चपुर सडकखण्डको जयनगर र सखुअवाको बीचमा आज भएको भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन ।
राज्य मन्त्री यादवले पार्टीको बैठक सकेर शिवनगरबाट गौर जादै थिए, सोही क्रममा जयनगर स्थित जीप दुर्घटना भएको देखेपछि मन्त्री यादवले गाडी रोकेर दुर्घटनाग्रस्त जीपमा सवार मानिसहरुको उद्धार कार्यमा जुटेका थिए ।
रौतहटको निर्वाचन क्षेत्र नं १ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले दुर्घटना लग्त्तै घटनास्थल पुगेका थिए ।
दुर्घटना स्थलमा मानिसहरुको बाक्लो भिडभाड हेरेर आफना गाडीबाट ओर्लेका राज्य मन्त्रि यादवले दुर्घटनाको भ्यावह रुप हेरेर आफै उद्धारमा जुटेका थिए । मन्त्री यादवले घाईतेहरुको यथाशिघ्र उपचारका लागी सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका थिए ।
घाइतेहरुलाई बचाउन मन्त्री यादवले अन्तिम प्रयास गरेका थिए तर उपचार हुँदा हुँदै ६ जनाको मृत्यु भएको घटनाले आफु निकै दुखी भएको उनले बताए ।
दुर्घटनामा ज्यान गुमाउने मृत्क परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै राज्य मन्त्री यादवले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
मन्त्री यादवले दुर्घटना निकै दुखद रहेकोले दुर्घटनाबारे मुख्यमन्त्री लालबाबु राउतलाई जानकारी गराउने र मृत्कका परिवारका लागी राहतको व्यवस्था गर्न आफु पहल गर्ने बताए ।
जिल्लाको विरेन्द्र राजमार्ग अन्तर्गत गौर चन्द्रनिगाहपुर सडकखण्डको जयनगर र सखुअवाको बीचमा भारतिय नम्बरको जन्ती बोकेको जीप (स्कार्पियो) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको भारतीय जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जना गढिमाई नगरपालिका ३ गम्हरीया टोलकै रहेका छन् भने एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा जीपमा सवार रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ गम्हरीयाका शेख मन्जुरको १६ वर्षिय छोरा शेख नैसाद, सोही ठाउँका साबिदको २२ वर्षिय छोरा शेख सैनुल्लाह, ५५ वर्षिय डा. मेसाफिर अन्सारी, शेख जाफलको २५ वर्षिय छोरा शेख छोटु र १५ वर्षिय शेख अजिबुल्लाहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नाम थर वतन नखुलेको अन्दाजी ४५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका ५ जनाको गरुडा स्थित ग्राण्डी, हेल्थल्याण्ड र सुकदेव चौकमा रहेको शिव दर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
दुर्घटनामा परी टाउँको र शरिरको भित्री भागमा चोट लागी गम्भिर घाइते भएका शेख अजिबुल्लाहको स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बिरगंज तर्फ लैजादै गरेको अवस्थामा मंगलवार साँझ सबा ६ बजेको समयमा बीच बाटोमै मृत्यु भएको थियो ।
जीपमा जम्मा ९ जना सवार रहेकोमा तिन जना घाइते भएका छन । घाइते हुनेहरुमा गढिमाई नगरपालिका ३ गम्हरीयाकै शेख मोनाजिरको १६ वर्षिय छोरा शेख अलफाज, उनकै १५ वर्षिय अर्का छोरा शेख अमानत र सोही ठाउँका शेख आमुल्लाहको १७ वर्षिय छोरा शेख करिमुल्लाह रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस