पवन प्रसाद साह । पुष २५ गते ।
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा लोकतान्त्रिक समाजवादी पार्टी निकटको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एकाई कमिटि गठन शनिवारका दिन एक कार्यक्रमका विच सम्पन गरेको छ ।
क्याम्पसको सभाहलमा अमित यादवको अध्यक्षतामा भएकाे भेलाले ५१ सदस्यीय कमिटि गठन गरेको हाे । नवगठित कमिटिकाे अध्यक्षमा मो. सगिर अलि र सचिवमा विवेक कुमार झा मा नियुक्त भएका छन। त्यस्तै उपाध्यक्षमा सागर साह, सविर हुसैन, गिरधारी, रवि शंकर यादव, सह- सचिवमा अंकित मिश्र, उज्वल यादव, माजिद हुसैन र कोषाधयक्षमा अन्जली जयसवाल रहेका छन् ।
उक्त कार्यक्रममा रा.वि.संघका जिल्ला अध्यक्ष विक्की राज पटेल, प्रदेश सदस्य अनिश कुशवाहा त्यस्तै विद्यार्थी नेता अविनाश कण्ठ को उपस्थितिमा कार्यक्रम सम्पन भएकाे सचिव विवेक झा ले बताउनु भयाे।