ठाकुर राम बहुमुखी क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघकाे एकाई कमिटि गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष २५, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
ठाकुर राम बहुमुखी क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघकाे एकाई कमिटि गठन

पवन प्रसाद साह । पुष २५ गते ।
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा लोकतान्त्रिक समाजवादी पार्टी निकटको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एकाई कमिटि गठन शनिवारका दिन एक कार्यक्रमका विच सम्पन गरेको छ ।

क्याम्पसको सभाहलमा अमित यादवको अध्यक्षतामा भएकाे भेलाले ५१ सदस्यीय कमिटि गठन गरेको हाे । नवगठित कमिटिकाे अध्यक्षमा मो. सगिर अलि र सचिवमा विवेक कुमार झा मा नियुक्त भएका छन। त्यस्तै उपाध्यक्षमा सागर साह, सविर हुसैन, गिरधारी, रवि शंकर यादव, सह- सचिवमा अंकित मिश्र, उज्वल यादव, माजिद हुसैन र कोषाधयक्षमा अन्जली जयसवाल रहेका छन् ।
उक्त कार्यक्रममा रा.वि.संघका जिल्ला अध्यक्ष विक्की राज पटेल, प्रदेश सदस्य अनिश कुशवाहा त्यस्तै विद्यार्थी नेता अविनाश कण्ठ को उपस्थितिमा कार्यक्रम सम्पन भएकाे सचिव विवेक झा ले बताउनु भयाे।

ताजा अपडेट

खोजी गर्नुहोस