ओम प्रकाश यादव
पुस ३० गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य जयनाथ यादवले आउँदो निर्वाचनमा आफु सांसद वा प्रदेश सांसद दुवै पदमध्ये कुनै पनि पदमा चुनाव लड्न तयार रहेको घोष्णा गरेका छन ।
नेता यादवले आज रौतहटको गरुडा स्थित एनपी स्टार होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो निर्वाचनमा रौतहट क्षेत्र नं ४ बाट संघीय सांसद पदमा चुनाव लड्न तयार रहेको उदघोष गरेका हुन ।
रौतहट क्षेत्र नं ४ को ख बाट प्रदेश सांसदमा चुनाव लडने आफनो इच्छा रहेको बताउँदै नेता यादवले पार्टीले चाहेको खण्डमा सोही क्षेत्रबाट सांसदमा समेत चुनाव लड्न पछाडी नहटने बताएका छन ।
आम जनताकै इच्छा र चाहना तथा सुझावको अधारमा आफु सांसद र प्रदेश सांसद दुबै पदमध्ये कुनै पनि पदमा चुनाव लड्न तयार भएको नेता जयनाथ यादवले प्रष्ट पारेका हुन ।
आफु शुरुमा प्रदेश सांसदमा उठने दृढ इच्छा जाहेर गरेको र पार्टीले संघीय सांसदको जिम्मेवारी दिए सांघीय सांसदमा पनि लड्न पछि नहटने उनले बताए ।
रौतहट क्षेत्र नं ४ को खबाट प्रदेश सांसदमा निर्वाचित शेख फुलबाबुले आउँदो निर्वाचनमा मेयर पदमा चुनाव लड्ने घोष्णा गरिसकेकाले उनको ठाउँमा जनता समाजवादी पार्टीको तर्फबाट आफु चुनाव लड्न तयार भएको उनले बताए ।
जनताकै आग्रहमा आफु चुनाव लड्न लागेकोले आफनो जित निश्चित जस्तो नै रहेको उनले विश्वास व्यक्त गरेका हुन ।