रमेश कुमार यादब
पौष ३० ,रौतहट
रौतहटमा तिला संक्राइत नजिकिएसँगै रौतहटका हटबजारमा तिल, चिउरा, मुरही र सख्खर( मिठ्ठा))कोे बिक्री बढेको छ ।माघ १ गते माघे संक्रान्तिका दिन तराईबसी तिला संक्राइतका रुपमा मनाउ छन् । संक्राइतका दिन सख्खर मिसाएर बनाएको तिल, चिउरा, मुरही र जनेरको लड्डु खाने चलनले गर्दा पनि यहाँका हटियाहरुमा यि सामानहरुको बिक्री यतिखेर बढेको हो ।रौतहटको गरुडा बजार , गौर ,समनपुर कटहरिया,बालचनपुर ,लगायत साना तथा ठूला बजारमा अन्य दिनको तुलनामा चिउरा,मुरही सख्खर बिक्री गर्ने पसलको सङ्ख्या पनि थपिएको छ ।देशकै ठूलो हटिया सखुवाबजारमा अरुबेला तीन चार वटा चिउरा मुरहीका पसल देखिन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल खुलेका छन् । यो समयमा चिउरा मुरहीको बिक्री बढी हुने भएकाले पसलको सङ्ख्या बढेको व्यापारीहरुले नै बताए । यस वर्ष चिउरा र मुरहीको मुल्य यथावत् भएपनि तिलको मुल्यमा कमी आएकोे छ । प्रति किलोग्राम चिउरा ५५ र मुरही ८० रुपैयाँमा बिक्री भइरहेको छ भने अधिल्लो वर्ष तीन सय रुपैयाँसम्ममा बिक्री भएको तिलको मुल्यमा कमी भएर २०० देखि २२० सम्म बेचबिखन भइरहेको व्यापारी राम नरायण यादबले जनाए ।यस्तै सख्खरको मुल्यमा वृद्धि भएको छ । अधिल्लो वर्ष यही सिजनमा ६० देखि ७० रुपैयाँमा बिक्री भएको सख्खरको मुल्य बढेर ९० देखि एक सय रुपैयाँमा बिक्री भइरहेको सख्खर व्यापारी ललन महतोले जानकारी दिए ।चिउरा र मुरहीको बिक्री बढेपछि उत्पादन गर्ने उद्योगलाई भ्याइनभ्याई छ । रौतहटको हर्षाहा ,बिश्रामपुरमा रहेको चिउरा उघोग अहिले दैनिक २ हजार किलोग्राम चिउरा र ३ हजार किलोग्राम मुरही उत्पादन गरिरहेको छ । सामान्य दिनमा भने दैनिक १ हजार किलोग्राम चिउरा र २ हजार किलोग्राम मुरही उत्पादन गर्दैआएको थियो ।उधोग सञ्चालकले बिक्रीको चाप देखेर उधोग सञ्चालनको समयअवधि समेत थप गरेको छ । सामान्य अवस्थामा देनिक ३ देखि ५ घण्टा सञ्चालन हुने उघोग अहिले दैनिक ८ देखि १० घण्टासम्म सञ्चालन गरिरहेको ईन्द्रेणी चिउरा मिलका सञ्चालक हरि शंकर राय यादबले बताए।जिल्लामा बिभिन्न ठाउँमा बन्द रहेका चिउरा र मुरहिका उधोगहरु सन्चालनमा आएको छ । बजारमा तरुल, सख्खरखण्ड, पिँडालु र कन्दमुलको बिक्री पनि राम्रो छ । विशेष गरी पहाडका वासिन्दाले माघे संक्रान्तिमा उपभोगमा ल्याउन यि सामाग्री पछिल्लो समय तराईवासीले समेत प्रयोग गर्न थालेका छन् ।रौतहटमा तिला संक्राइतका दिन खिचडी, मुरही, चिउरा तिलको लड्डु खाने अनिवार्यता रहेको छ । माघे संक्रान्तिका दिन उपभोग गर्ने लड्डुहरु भने पुस महिनाको अन्तिम राति बनाइन्छ ।यसरी बनाइएको तिल, चिउरा र मुरहीका लड्डु विवाहित चेलीबेटी ,बिहिनीहरुको घरमा भाईदाईहरुले कोसेलीको रुपमा पु¥याउन समेत चलन रहेको स्थानिय बृन्दावन नगरपालिकाको वार्ड नं.३ कि ईन्दु देवी यादबले जानकारी दिएकी छिन।