गौरमा जनमत पार्टीको विशाल जुलुस प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ३०, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
गौरमा जनमत पार्टीको विशाल जुलुस प्रदर्शन

राजेश पासवान।पुस ३० गते।रौतहट ।

जनमत पार्टीले गरेको घोषना अनुसार रौतहटको सदमुकाम गौरमा शुक्रबार कृषि औजार प्रयोग गर्दै जुलुस प्रदर्शन गरेको छ।

जनमत पार्टी रौतहटले गरेको वृहत् जुलुस प्रदर्शनमा किसान एकता जिन्दावाद!किसानको माग पूरा गर!भ्रष्टाचारी नेता चोर कुर्सी छोड! जस्ता नाराहरुको साथ गौर भरी प्रदर्शन गरेको छ।

समयमै मलखाद र बिउको व्यवस्था गर!मलखादको व्यवस्था गर न सके सिचाइको लागि बिजुलीको व्यवस्था गर!हावाहुरी र वर्षाले भएको बालिनालि क्षति बापत राहत देऊ!फसलको उचित मुल्य कायम गर!उखु किसानको बक्यौता रकमको भुक्तानी गर!किसान माथिको दमन बन्द गर!।झुठा मुद्दा खारेज गर! र पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहा गर!जस्ता ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएको जनमत पार्टीको पुर्व केन्द्रीय कार्यकारिणी सदस्य एवम् हाल रौतहट जिल्ला ईन्चार्ज विरेन्द्र साह जानकारी दिए।

जनमत पार्टीका जिल्ला अध्यक्ष रामेश्वर राय यादवको नेतृत्वमा गरुडामा गरिएको मसाल जुलुसमा करिब दुई हजार कार्यकर्ता सहभागी थिए। गौरक‍ मूल सडकमा कृषि औजार प्रयोग गर्दै प्रदर्शन गरेकोे थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस