आरएन पटेल । माघ ०६ गते
जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले बौधिमाइ नगरपालिकाको वडा न.२ इनर्वा नदिपारीमा आज एक कार्यक्रम आयोजन गरि ब्रहमबाबा मन्दिर निर्माणको लागि शिलान्यास गरेका हुन ।
महासचिव पटेलले यस अघि पनि सम्पूर्ण इनरवा वासी मध्ये गरीब, अतिविपन्न, दलित, विभिन्न किसिमका रोगले पीड़ित सर्वसाधारण लगायत एकल महिलाहरुलाई सकेसम्म आफ्नो निजी लगानिमा विभिन्न राहत सामग्री लगायत नगद सहयोग गर्दै आएको स्थानियहरुले बताएका छन । यसै अंतर्गत आज एक कार्यक्रमका बिच सो मंदिरकोशिलान्यास गरी निर्माण कार्य आफ्नो निजी लगानिमा गर्ने वहाले बताउनु भएको छ । यस अघि पनि पटेलले बौधिमाईको वडा नं.२ इनरवा नादिवारिमा अधुरो रहेको ब्रह्मबाबा मंदिरको निर्माण कार्य सम्पन गरेका छन ।
युवाहरुको ढुकढुकीको रुपमा प्रसिद्ध भएका युवा नेता पटेलले बौधिमाई नगरपालिकाको वड़ा नं.२ अंर्तगतका समग्र इनरवामा स्थलगत अनुगमन गरी अति आवश्यक विभिन्न बिकास निर्माणका कार्यहरु छिटै संचालन गरिने सर्वसाधारणहरुलाई आश्वासन दिनुभएको छ।
बितेका साढ़े चार वर्षमा समग्र इनरवामा बिकास हुन नसकेका शिक्षा, स्वास्थ्य, रोजगारी,बाटोघाटो,मठ मंदिर जस्ता बिभिन्न बिकास निर्माणका कार्यहरु छिटै नै बड़ावासिहरुले देख्न सक्ने र त्यसको लागि आफु हरदम तत्पर रहने वहाले बताउनु भएको छ । वड़ा नं.२ इनरवामा बिगत ५ वर्षमा भएको बिभिन्न बिकास निर्माणका कार्यहरुबाट असंतुष्ट रहेका सर्वसाधारण जनताहरु पटेलले देखाएको अग्रसरता र बिभिन्न बिकासे योजनाहरुले अबको आउदो दिनमा सम्पूर्ण बड़ावासीहरूका लागि उज्यालोका किरण बनने आश राखेका छन साथै वहाले गरेका विभिन्न सामाजिक कार्य प्रति स्थानियहरुले खुशी व्यक्त गर्दै हर्षोल्लासका साथ स्वागत गरेका छन।
सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी, नेता कार्यकर्ता, भद्रभलादमी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।