सागर संगम ठाकुर रौतहट । माघ ६ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ९ मा पोषण पिठो बितरण गरिएको छ ।
आप्तकालीन पोषण कार्यक्रम मार्फत ६ महिना देखी २३ महिनाका बालबालिकाहरु तथा गर्भवती महिला र सुत्केरी महिलाहरुलाई उक्त पिठो बितरण गरिएको हो ।
धरहरीमा रहेको स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच छौ महिना देखी २३ महिना सम्मका १५३ जना बालबालिकाहरुलाई र गर्वभती महिला देखी लियर सुतकेरी महिला सम्मका १२७ जनालाई उक्त पिठो बितरण गरिएको स्वास्थ्य चौकी धरहरीका प्रमुख अनिल पटेलले बताएका छन ।
विश्व खाद्ध कार्यक्रमको आर्थिक सहयोग र नेपाल जन स्वास्थ्य शिक्षा समुह ९लभउजभन ० को प्राविधीक सहयोगमा संस्थाको तर्फबाट सत्यम पाठक,सुजित साहले प्रति बालबालिकाहरुलाई छौ किलोका दरले बितरण गरिएको बताउनु भयो ।
उक्त बितरण कार्यक्रममा साबिक गाबिस धरहरीका बिभिन्न वडाका महिला स्वयम सेविकाहरु बिभिन्न बालबालिका तथा महिलाहरुको अभिभावकहरु स्वास्थ्य चौकी धरहरीका चिकित्सकहरु निरशल साह, निरज साह,लगाएत स्थानिय पत्रकार सागर संगम ठाकुरको बिषेश उपस्थितीमा पोषण समाग्री बितरण कार्यक्रम संम्पन भएकोे थियो ।