रमेश कुमार यादब
माघ ०६ ,रौतहट
रौतहट जिल्लाको उतरि भेगमा पर्ने चन्द्रनिगाहपुरमा S.k अटो सेन्टरको उद्घाघट्न भएको छ ।जिल्लाको चन्द्रपुर–४ चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको ठिक सामुने कमना सेवा बिकास बैंकको तल भुई तल्लामा आज बिहिबार बिधिबत रुपमा सम्मुउद्घघाट्न गरिएको छ ।उद्घघाटन कार्यक्रमलाई पुरोहितद्वारा मन्त्रोउच्चारण गरि फिता काटेर बिधिवत रुपमा उद्घघाट्न गरिएको छ ।रौतहट लगायत नेपालभरि अटो लाभदायक रहेको छ ।अटोको माग बढदै जाँदा बिभिन्न किसिमको अटोहरु उत्पादन हुदैँ छ ।अटो आजकलको समयमा यात्रुहरुको सबभन्दा प्यारो साधनको रुपमा परिनत हुँदै गईरहेको छ ।यात्रुहरु कुनै ठाउँमा जादा बसको प्रखाईमा आजित हुँदै जादा र धेरै लामो समयसम्म बस नआउदा काम बिग्रिने कारणले छिटो र समयको बचत हुने हुनाले अटो यात्रुको रोजाईमा पर्न गएको हो ।सोहि उद्धघाटन कार्यक्रममा S.k अटो सेन्टरका सन्चालक अनिल पटेलले अटोको बारेमा बिस्तृत जानकारी दिएका थिए ।नेपाल पहिलो पटक मैक कम्पनीको मैक पैसेन्जर अटो जुन अरु अटो भन्दा बलियो सबभन्दा तागतवर बिश्व प्रसिद्ध बलियो र भरपर्दो ३९५ सिसि क्षमता भएको दामदार ईन्जिन भएको अटो पहिलो पटक आएको सन्चलाक पटेलले बताए ।जसमा ६ं१ अरामदायक यात्रु बस्ने सिट भएको र अरामदायिक सफरको लागी फ्रिक्सन टाईप सकर बफर रबरको साथमा साथै सो अटोलाई चालु अर्थात स्टाट गर्दा स्टार्टिङ्ग सेल्फ भएको अरामदाय अटो रहेको छ ।मैक पैसेन्जर अटोलाई जति चलाउदा पनि हिट नहुने सिस्टम भएको जुन ४ स्टोक ईन्जिन र सिंगल सिलेन्डरको साथै वाटर कुलिङ्ग सिस्टम भएको हो ।त्यति मात्र कहाँ हो र त्यस S.k अटो सेन्टरमा मैक कम्पनीको ८ कुन्टल भन्दा बढी लोडिङ्ग क्षमता भएको मैक लोडर पनि उपल्बध रहेको छ । जुन सर्वसधारण किसानहरुको लागी सबभन्दा भरपर्दो गाडी रहेको छ ।साथै प्रदेश नं.२ सरकारको रोजाईमा रहेको माछाको लागी प्रसिद्ध मैक लिभ फिश कैरियर गाडी पनि रहेको छ । सो फिस केरियर गाडी माझी अर्थात माछा मार्ने ब्यक्तिहरुको लागी सबभन्दा राम्रो रहेको छ । हाम्रो समाजमा एउटा भनाई हो जस्तै “ताजा खाउँ स्वस्थ्य रहौ” भनी माछाको लागी मैक लिभ फिश कैरियर गाडी सबभन्दा उपयोगी रहेको छ जुनमा सोलार सिस्टम जडान रहेको र माछालाई जिबितै राख्न त्यस गाडीमा ब्यबस्था गरिएको र साथै माछा मार्ने मानिसहरुको लागी सबै प्रकारको समाग्री त्यसमा रहेको सन्चलाक अनिल पटेल बताएका थिए ।त्यसकारण हाम्रो देशमा एउटा भनाई पनि रहेको छ “स्वदेश रोजौँ बिदेश छोडौ”भनाई बास्तविक जिवन उतारनु पर्ने कुरो रहेको छ ।हाम्रो देश नेपालमा बिभिन्न किसिमको सुबिधा रहेको कारण बिदेशमा गएर दुःख गर्नु भन्दा आफ्नो टोलगाउँ छिमेक साथै आफ्नो परिवारको बिच रहि मिहिनेत गरि कमाउनु बेस रहेको छ ।उतिकै लगानीमा दुई गुना नाफा गर्नु र कसैको अडरमा नरहि निर्धक भई आफ्नो घर परिवारको लागी कमाउन समेत S.k अटो सेन्टरका सन्चालक पटेल आग्रह गरेका थिए ।सो उद्धघाटन कार्यक्रममा नेपाल क्द्यक्ष् बैँकको मैनेजर पिकराम पटेल ,मिथिला अटो क्राफ्टको एमडी रिसिकेश साह , मिथिला अटो क्राफ्टको प्रदेश नं.२ को सेल्स मैन राजेश कुमार साह ,चपुर जेसिसको पुर्व अध्यक्ष आनन्द अधिकारी ,गुहेश्वरी फाईनेन्सको मैनैजर देबेन्द्र अचार्य ,तराई ईन होटलको चेयरमैन बिजय खडका ,जिल्ला खेलकुदको पुर्वअध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत सयकडौँ मानिसहरुको उपस्थिती रहेको थियो ।