जसपाकाे जिल्ला सदस्य उमेश अधिकारी सहित कयौं नेता नेकपा (एस)मा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ माघ ८, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
जसपाकाे जिल्ला सदस्य उमेश अधिकारी सहित कयौं नेता नेकपा (एस)मा प्रवेश


अरविन्द कुमार यादव
रौतहट ,माघ ०९ गते । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरु प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका वर्डा नम्बर ७ का वर्डा प्रत्यासी प्रभावशाली जुझारु नेता डाक्टर उमेश अधिकारी सहितका नेताहरुले नेकपा(एस)मा प्रवेश गरेका छन् ।
एक कार्यक्रम बिच रौतहटको सदरमुकाम गौर स्थित रहेको साईमोन रेस्टुरेन्टको हौलमा पार्टी प्रवेश गरेका छन् ।कोरोनाको तेस्रो भेरिएण्टको नियमपालन गरेर २५ भन्दा कम जनाको सहभागिता रहेको थियो।
रौतहटमा जनता समाजवादी पार्टीको ठुलो झटका लागेको छ।कार्यक्रम प्रमुख अतिथि नेकपा एसका पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य मान्नीय सरला यादवले फुल माला अबिरले स्वागत गरि पार्टी प्रवेश गराएका हुन् ।
कोरोनाको मध्यनजर गर्दै बाक्लो उपस्थिति न राखि मुल मुल नेताहरु नेतृत्व गरिरहेका १५ वर्ष देखि जासपामा लागेका डाक्टर उमेश अधिकारीले नेकपा एसमा प्रवेश गरेका छन् ।
मधेसी जनाधिकार फोरम नेपालमा रहि आन्दोलन मोर्चा सम्हालेर संघिय समाजवादी पार्टी नेपाल हुदै समाजवादी पार्टी परिणत जनता समाजवादी पार्टी नेपालमा पार्टी को निति,बिधि बिधान अनुसार काम गर्दै आइरहेको डाक्टर उमेश अधिकारीले जिलाका नेतृत्व पंक्तिको क्रियाकलाप न राम्रो भएकोले तथा राज्य मन्त्रि योगेन्द्र यादवको गलत रबैयाको कारण बाध्य भएर पार्टी आज देखि त्यागी नेकपा एसमा प्रवेश गरेको उनले बताए। व्यक्तिबादी सोच नाताबाद, परिवारबाद जसपा नेपाल भित्र न प्रवेशीहरुको टिप्पणी रहेको छ।
कार्यक्रमको अध्यक्ष नेकपा एस रौतहटको अध्यक्ष कमल यादव ,गौर नगरपालिका को मेयर प्रत्यासी शम्भु साह लगायत नेताहरुको सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस