राैशन चाैधरी । माघ १० गते।
रौतहट । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गरुडा शाखाले ५७ औँ वार्षिकोत्सव मनाएको छ । सोमबार ईप्रका गरुडा प्रमुख श्रीराम भण्डारीको प्रमुख अथित्यता तथा गरुडा नगर उधोग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवालको विशिष्ट अथित्यतामा कार्यक्रमको आयोजना साथ ५७ औँ वार्षिकोत्सव मनाइएको हो ।
पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ। कुन बैंकले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कुन बैंकले के–कस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बेला,डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेकोमा राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा दिरहेको बताएको छ ।
खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रवन्धक अर्विन्द झाले बताउनुभयो । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उहाँको भनाई छ ।
ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको बैंकका सहायक प्रवन्धक अनिल कोईरालाले बताउनुभयो । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उहाँको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ ।