सागर संगम ठाकुर रौतहट । माघ १४ गते
रौतहटको कटहरियामा आपाङ समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
जिल्लाको कटहरिया नगरपालिकाकी उप प्रमुख एवं आपाङ समन्वय समितिकी संयोजक नुरजाहा खातुनको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कटहरिया नगरपालिका वडा नं ४,५,६ को आपाङ व्यक्तिहरूलाई शुक्रबार छनौट गरेका छन । क वर्गमा .४ ख वर्गमा १५, ग वर्गमा.४ घ बर्ग आपाङ नरहेको ३ जना गरी ३० जना छनौट भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका नेता स्थानिय समाजसेवी नसरूदिन अंसारी, समन्वय समितिका सदस्य एवं कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह , सदस्य सचिव कौशल चौधरी,
जनता माबि कटहरियाका प्रअ योगेन्द्र कुशवाहा, निलम न्यौपाने, प्रतिनिधि ननदलाल साह, समनधित वडा सचिव लगायत समन्वय समिति को पदाधिकारीहरू लगाएत प्रहरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
समाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्डकापालना गर्दै वैठक सम्पन्न भएको उपमेयरकी सहयोगी रामाधार यादवले जानकारी दिनु भयो
अर्को वैठक प्रत्येक महिनाको ५ गते बस्ने आपाङ समन्वय समितिले निर्णय गरेको बताए ।