सागर संगम ठाकुर रौतहट ।
माघ १४ गते
मालपोत कार्यालय मौलापुरले सेवाग्रहीहरुलाई आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आईतबार देखि आलोपालो अनुसार सेवा दिन सुचना जारी गरेको छ ।
कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई जग्गा रजिष्टेशन लगायत विभिन्न सेवाहरु प्रवाह गरिने बताएको छ ।
कार्यालयका अनुसार आइतवार र सोमवार फतुआ बिजयपुर नगरपालिका र मौलापुर नगरपालिका, मंगलबार, बुधबार देवाही गोनाही नगरपालिका र कटहरिया नगपालिकाका बिहिबार र शुक्रबार बैधीमाई नगरपालिका र परोहा नगरपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने कार्यलयका प्रमुखले बताएका छन ।
कार्यलयका प्रमुख बबुन्नद साहका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालय र निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरीरगराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्ने जिल्ला प्रशाससनले निर्णय गरि सकेका छन ।
सेवाग्राहीहरुले कार्यालय आउदा अनिर्वाय मास्क लगाई खोप लगाएको कार्ड लयर आउन सबै संग अनुरोध गरेका छन।
यस अघि माघ ६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने,
गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो