सागर संगम ठाकुर रौतहट ।
माघ १८ गते ।
रौतहटको कटहरिया नगरपालिका अन्तगतका सम्पुर्ण सामुदायिक बिधालयका बालबिकाशका शिक्षक शिक्षिका र कर्मचारीहरुले न्युनतम तलब भत्ताको माग गर्दै नगर प्रवक्ता चन्दन कुश्वाहा र प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहलाई ज्ञापनपत्र बुझाएका छन । सोमबारका दिन नगरपालिकाको कार्यलय भित्र रहेको सभा हलमा बसेको शिक्षक शिक्षिका र नगरपालिकाका कर्मचारीहरुको बैठकबाट आर्थिक बर्ष २०७८÷७९ को संघिय सरकारको तर्फबाट आएको ब्यवस्थाबाट बाल बिकाश सहयोगी कर्याकर्ता र बिधालय कर्मचारीहरुको न्युनतम तलब भत्ता रु १५००० हजार दिनु पर्ने माग गरेका छन । संघिय सरकारले २०७८÷७९ मा ८००० हजार र बाकीं १३ हजार ५०० सय स्थानियतहले दिनु पर्ने भन्दै बालबिकाशका कार्यकर्ता बिधालय सहयोगी र बिधालय सहाय कर्मचारीहरुले माग गर्नु भयो । शिक्षक शिक्षिकाहरुमो माग प्रति नगर प्रवक्ता चन्दन कुश्वाहाले अबको एक हप्ता भित्रमा माग प्रति छलफल गर्ने र समस्या समाधान गरिने बताउनु भयो । साथै गत बर्ष २०७७÷७८ बाट कटहरिया नगरपालिकाको बार्षिक बजेबाट छुटयाईएको रकम दुई हजार हाल सम्म भुक्तानी दिन नसकेको भन्दै त्यस्को बिषयमा पनि सात दिन भित्र छलफल गरि समस्या समाधान गर्नु पर्ने उनिहरुले अलटिमेटन दिनु भयो । उक्त छलफलमा बिधालयहरुको तर्फबाट बिधालय कर्मचारी युनियनका नगर अध्यक्ष सुरेन्द्र प्रसाद यादव,शिक्षिका शिकिलिया देवी दास, शोभा कुमारी साह लगाएत अन्य शिक्षक शिक्षिकाहरु र नगरपालिकाको तर्फबाट नगर शिक्षा संयोजक अनिल कुमार निधी नगर प्रवक्ता चन्दन कुशवाहा ,प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साहको उपस्थिती रहेको थियो ।