रमेश कुमार यादब
माघ २५ गते रौतहट
रौतहट जिल्लाको पुर्वी भेगमा पर्ने बृन्दावन नगरपालिकामा महा बिष्णु यज्ञको उद्धघाटन अर्थात सुरु भएको छ ।बृन्दावन नगरपालिकाका नगर प्रमुख तथा नेपालि काग्रेशका जिल्ला क्षेत्रिय सभापति रामस्नेहि राय यादबको अध्यक्षतामा कार्यक्रमको सम्पन गरिएको थियो ।उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि नेपालि काग्रेशको बरिष्ट नेता रामचन्द्र पौडेल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि क्षेत्र नं.४ सांसद नेपालि काग्रेशको देव प्रसाद तिमिल्सिना ,नेकपा माओबादीका नेता समिर भटराई ,नेकपा माओबादीका पुर्वसांसाद देबेन्द्र पटेल,जितेन्द्र यादब ,धनलाल ठोकर रहनु भएको थियो ।सो उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि रहनु भएका नेपाली काग्रेशका बरिष्ट नेता रामचन्द्र पौडेलले आफ्नो मन्त्बय राख्दै भने आज यस बृन्दावन नगरपालिकाको पावन धर्ति बिश्रामपुर आउदा निकै नै खुसि लाग्यो ।त्यसमा पनि महा बिष्णु यज्ञ उद्धघाटन समोरोहको म प्रमुख अतिथिको रुपमा बोलाएर उद्धघाटन गर्न पाउदा अति नै खुसि लागेको उहाँले बताए ।उहाले सोहि महा बिष्णु यज्ञ उद्धघाटन समारोहमा बोल्दै यो पनि थपेकि रौतहट जिल्ला कृषिको लागी प्रसिद्ध मात्र नभएर राजनैतिकको लागी पनि उर्वरा भुमि रहेको हो ।जुन ठाउँमा शेख ईदरिश देखि बिश्णु बहादुर मान्नधरसम्मका राष्ट्रिय नेताहरुको जन्मिभुमि रहेको छ । यस्ता ठाउँका क्रान्तिकारी नेताहरु यो मुलुकको लोकतन्त्रको लागी यो मुलुकमा परिवर्तनको लागी संघर्ष गरेका ब्यतिm तत्वहरुले भरेको जिल्ला रहेको उहाँले दावी गरेका थिए ।क्रान्तिको ईतिहास रहे पनि अहिले सम्म पनि सामान्तबादका अभिशेषहरु समाप्त भईसकेका छैन ।यो राष्ट्रमा लोकतन्त्रलाई बाधा दिने शक्तिहरुको देशमा अझै पनि कमि छैन ।त्यसकारण हामिसबै जना मिलेर देशलाई लोकतन्त्रको बाटोमा स्वतन्त्रता र समानताको बाटोमा अगाडी बढाउनु पर्छ उहाँ भने ।साथै यो बृन्दावन नगरपालिकाको पावन धर्ति बिश्रामपुरमा भईरहेको महा बिष्णु यज्ञ यो हाम्रो साँस्कृति हो हाम्रो जिवन पदति हो बिश्वास हो बताए ।बास्तवमा पश्चिमबाट हामिले प्रबिधि भित्रियाएका छौ र बिकाशका टेक्नोलोजि भित्रयाएका साथै पश्चिमबाट राजनितिक ल्याएका छौ भने तर सांस्कृति आयात गर्नु पर्दैन बाहिरबाट अर्थात पश्चिमबाट आयात गर्नु पर्दैन हाम्रो सांस्कृति महान रहेको छ हाम्रो सांस्कृतिले हाम्रो आत्मालाई उच्च र महान बनाईदिएको छ भने उहाँले दाबि गरे ।यस देशमा महान पुरुष गौतमबुद्ध देखि गान्धि जस्ता महान पुरुषहरु जन्म भएको छ ।उहाँले भने मधेशको तराई सबभन्दा ठुलो कृषिको भन्डार हो भनेका थिए ।तराई मधेश कृषिको ठुलो क्षेत्र हो बताए ।कृषि क्षेत्रको लागी पुर्वधार त्यार गर्नु पर्ने छ ।साथै कृषि क्षेत्र भएतापनि किसानहरुलाई समयमा पानि नपाउँदा कृषक छरपटिएका हुन्छ त्यस कारण कृषि प्रधान देशमा सिचाईको अति नै आवश्यक रहेको बताए ।किसानहरुको लागी नया प्रबिधि ल्याएर कुन समयमा कुन खेति गर्दा उपयुक्त हुन्छ भने तालिमको राम्रो प्रबन्ध गर्नु पर्छ ।किसानको सहुलियतको लागी संघीय सरकार पनि यस क्षेत्रका लागी अरबौको सिंचाई आयोजना गर्न लागेको हो । सिंचाई बाट वञ्चित किसानको समस्या अब चाडैं समाधान हुने उनले दावी गरे । सोहि कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा रहनु भएका क्षेत्र नं.४ का सांसद देवप्रसाद तिमिल्सिनाले यो महा बिष्णु यज्ञमा तिन लोकका त्रिमुतिले सबैको कल्यान गरुन भनि शुभकमना दिएका थिए ।त्यसतै उद्धघाटन कार्यक्रमको बिशिष्ट अतिथि नेकपा माओबादीको पुर्वसांसद तथा नेकपा माओबादी केन्द्र रौतहट जिल्लाको संयोजक देबेन्द्र पटेल ,नेकपा माओबादीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज समिर भटराई ,जितेन्द्र यादब ,जग्रनाथ सहनी लगायत उपस्थित भएका बिभिन्न पाटीका नेतागनहरु आप्नो आफ्नो मन्तबय राख्दै महा बिश्णु यज्ञको शुभकमना दिनु भएको थियो भने कार्यक्रमको सन्चालन लक्ष्मणदेव राय यादबले गर्नु भएको थियो । सोहि कार्यक्रमा बृन्दावन नगरपालिकाका वार्ड नं.१ का वडाअध्यक्ष सुबोध पटेल ,वार्ड नं.२ का सिकेन्द्र पटेल ,वार्ड नं.३ का रामेश्वर राय यादब वार्ड नं.४ का श्यामनन्दन यादब ,वार्ड नं.५ का सुबोध झा ,वार्ड नं.६ का शेख असलम ,वार्ड नं.७ का जय मंगल पंडित ,वार्ड नं.८ का दिनानाथ महतो र वार्ड नं.९ का शेख नाजिरका उपस्थिती रहेका थिए ।कार्यक्रमलाई बिभिन्न ठाउँबाट आएका पुरोहिद्धारा मन्त्र उच्चारण गरि बिधिबत रुपमा प्रमुख अतिथि रामचन्द्र पौडेलले फिता काटी उद्धघाटन गरेपछि २ हजार १ सय २१ कन्याकुमारीद्धारा कलश यात्रा निकालिएको थियो ।साथै कलश यात्रा निकालिएको ब्रतालुहरुमाथि हेलिकप्टरद्धारा फुलबृष्टि गरिएको थियो र सो कलश यात्राको सोभा बढाउन बिभिन्न किसिमको बाजागाजा लगायत हाथि घोडा सहित धुमधामकासाथ कलश यात्रा निकालिएको थियो ।सोहि कलश यात्रामा करिब दश हजार मानिसहरुको उपस्थिति रहेको थियो ।सो महा बिष्णु यज्ञ आज २५ गते मंगलबार देखि आउदो फाल्गुन ५ गतेसम्म चल्ने बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेहि यादबले बताए साथै महा बिष्णु यज्ञको सोभा बढाई दिनको लागी श्रदालुभक्तजनहरुमा हार्दिक अनुरोध पनि गरेका थिए ।साथै यो महा बिशणु यज्ञमा सोभा बढाउन आएका भक्तजनहरुको मनोरञ्जनका लागी२८ र २९ गते नेपालका प्रसिद्ध कुस्ति खेलाडी देवा थापा लगायत भारतका जम्बु काश्मिर ,आयोध्या ,बनारसका प्रसिद्ध कुस्ती खोलाडीका साथ कुस्ति हुने नगर प्रमुख यादबले जनाएको छ ।