राजेश पासवान।माघ २६ गते।
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले प्रदेश सांसद नागेन्द्र यादवको उपस्थितीमा मंगलबार (हिजो)भुषहामा वडा कमिटी गठन कार्यक्रम संमपन्न गरेकोछ।
पार्टी तर्फबाट रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित भई प्रदेश सांसद भएका तथा हाल मधेस प्रदेशको उधोग,पर्यटन,वन तथा बातावरण राज्य मन्त्रि नागेन्द्र यादवको प्रमुख आतिथ्यतामा जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ९ को वडा भेलाले शेख समसुल हकको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ ।
भेलाबाट उपाध्यक्षमा धिरेन्द्र प्रसाद पटेल,शेख करिम,सचिवमा सहदेव प्रसाद कुश्वाहा,सहसचिवमा जोगिन्द्र पासवान,राधेश्याम साह लगायत अन्य ४५ जना सदस्यहरुलाई चयन गरेको छ ।
कार्यक्रममा प्रदेश सांसद हसिमा खातुन,वृन्दावन नगरपालिकाका नगर प्रतणयासी बिनोद पटेल,वडा नम्बर ५ का वडा अध्यक्ष श्यामनन्दन यादव,वडा नम्बर ९ का वडा प्रत्यासी प्रवेज आलम लगायत नेकपा समाजवादीका सयौं नेता तथा कर्याकर्ताहरुको समेत सहभागिता थियो ।
कार्यक्रमको संचालन अच्छेलाल पटेलले गर्नुभएको थियो।