राजेश पासवान ।
माघ २७ गते ,रौतहट
रौतहटमा स्थानिय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशा बिषयक राजनितिक दलका भातृसंगठनका अगुवाहरुसंग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका–४ गरुडामा रहेको नबिन गेष्ट हाउसमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–९ सप्तरीद्धारा आयोजना गरेको एक कार्यक्रमको बिचमा आउदो बैशाखमा हुने स्थानिय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारेमा गरिएको राजनितिक दलका भातृसंगठनका अगुवाहरुसँग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।सो अन्तरक्रिया कार्यक्रममा बिभिन्न दलका राजनेतिक अगुवा लगायत पत्रकारहरु बिच आउदो अगामी स्थानिय तहको निर्वाचन लक्षित राजनितिक दलहरुको घोषणा पत्रमा दलित समुदायका महिलाहरुलाई लक्षित गरि आफ्नो–आफ्नो राय सुझाव दिएका थिए । दलित समुदायमा पनि योग्य ब्यति हुँदा पनि त्यसलाई पछाडि राखिएको पाएकाे छ । रौतहटमा तथ्याङ्ग हेर्दा पनि दलित प्रतिनिधित्व धेरै नै कम रहेको छ । रौतहटमा १८ वटा स्थानिय तहमा ८२० जना जनप्रतिनिधि निर्वाचित रहेको छ । १८ वटा स्थानिय तहमा नगर प्रमुख ,उपप्रमुख ,अध्यक्ष र उपाध्यक्ष रहेको छ तर त्यसमा दलितको सँख्या शुन्य रहेको पाईएको छ ।स्थानिय तहमा जम्मा ८२० जना जनप्रतिनिधि निर्वाचित मध्ये १७३ जना अर्थात प्रतिशतमा हेर्दा २१.२१ प्रतिशत दलित मात्र निर्वाचित रहेको रहेको तथ्याङले देखाएको छ ।त्यसतै कुल १५७ वडाअध्यक्ष मध्ये दलितको संख्या शुन्य र खुल्ला सदस्य ३१४ मा जम्मा १७ जना अर्थात ५.४१ प्रतिशत दलितको सँख्या रहेको छ ।साथै महिला सदस्य १५७ जनामा २ जना अर्थात १.२७ प्रतिशत दलित महिला निर्वाचित भएका रौतहटको स्थानिय तहमा उल्लेख गरिएको तथ्याङले देखाईएको छ ।त्यस कारण स्थानिय निकायको पहिलो एकाई वडा तहमा राज्यले अनिवार्य दलित महिलाो अनिवार्य उम्मेदवारी र प्रतिनिधीत्व गर्ने गरि ब्यवस्था गरेको हुँदा राजनितिक दलहरुले दलित महिला उम्मेदवार त्यार गर्दा सकेसम्म शिक्षित र योग्य मानिसलाई कुशलतापुर्वक नेतृत्व गर्ने सक्ने उम्मेदवारी को छनौट गर्दा राम्रो हुन्छ ।साथै चुनावी घोषणा पत्रमा दलित समुदाय लक्षित बिभिन्न कार्यक्रमहरु नितिगत रुपमा समावेशगरि सोको प्राथमिकताको रुपमा कार्यन्वयन गर्ने अत्यन्त जरुरि रहेको सहभागी भएका अगुवा तथा पत्रकारहरुको आवधारण रहेको थियो । सो कार्यक्रममा बिभिन्न दलका नेता ,पत्रकार लगायत सहभागिता रहेको थियो ।