राजुश पासवान।माघ २८ गते ।रौतहट।
समाजवादी प्रेस संगठन नेपाल रौतहट शाखाको अध्यक्षमा पत्रकार मदन ठाकुर(धनन्जय) चयन हुनुभएको छ । रौतहटमा आज भएको भेलाले ठाकुरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा कृष्ण तिवारी, महिला उपाध्यक्षमा इन्दु मिश्र, सचिवमा राकेश यादव, सह-सचिवमा रुपेन्द्र पटेल,राजेश पासवान र कोषाध्यक्षमा रौशन चौधरी सर्वसहमतीले चयन भएका छन् ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घ रौतहटका पुर्व जिल्ला अध्यक्ष शैलेन्द्र गुप्ताले सञ्चारकर्मीले व्यावसायिक पत्रकारिताका साथै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि क्रियाशील वर्ग, किसान, मजदुर, घरेलु उद्यमीलगायत विषयवस्तुलाई उजागार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का पोलिट व्युरो सदस्य पुर्व सांसद तथा संविधान सभा सदस्य रामकुमार भट्टराईले पत्रकारको पेसागत मुद्दालाई सङ्गठनले जोडदार ढङ्गले उठाउन सुझाव दिनुभयो । चुनाव लोकतन्त्रको गहनाको रूपमा रहेको बताउँदै निष्पक्ष रुपमा समाजमा रहेका विकृति विसंगतिलाई चिर्दै कलम चलाउन यस् संगठनमा चयनीत सम्पूर्ण पत्रकारहरु सँग आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव एवम् नव मनोनीत समाजवादी प्रेस संगठन रौतहट अध्यक्ष मदन ठाकुरले विगत केही समय देखि पत्रकारहरुले बदनामी खेप्नु परेको कुरालाई मध्य नजर गर्दै निष्पक्ष तथा व्यवसायीक पत्रकारिताको जिम्मेवारी वहन गर्न उपस्थित सम्पूर्ण पत्रकार साथिहरुसँग आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव,जिल्ला कमिटी सदस्य सलामोदिन दर्जी,नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता लगायत अन्य कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।