राैशन कुमार चाैधरी । माघ २८ गते । कटहरिया नगरपालिकाकाे वडा नम्बर ५ स्थिति विवाह मण्डपकाे भवनमा प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे छ । कटहरिया नगरकार्यपालिकाको आयोजनमा भएको सो सार्वजनिक सुनवाइ कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह रहनु भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को प्रथम चार महिनामा भएको कामको प्रगतिको बारेमा समीक्षा गर्न सार्वजनिक सुनवाइ बोलाईएको थियो ।
कार्यक्रमको अध्यक्षता नगरप्रमुख सियाराम कुशवाहाले गर्नु भएको थियो भने विशिष्ट अतिथिको रूपमा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा रह्नु भएको थियो । कार्यक्रम सञ्चालन नेक महमद हुसैनले गर्नु भएको थियो ।
कार्यक्रम कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चारमहिनामा नगरपालिका द्वारा भएको कामहरूको प्रगति विवरण पढेर सुनाउनु भएको थियो । साथै सल्लाह सुझाव समेत संकलन गरिएको थियो । कटहरिया नगरपालिकाले स्वास्थ्य,शिक्षा सहितको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको साहले बताउनु भएको थियो ।
सो अवसरमा कटहरिया नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन साह,वडा नम्बर ८ का वडाध्यक्ष नबद राय यादव,वडाध्यक्ष राजकुमार साह,वडाध्यक्ष रामअज्ञा यादव नेकपा एमाले प्रदेश कमिटी सचिव आरति भण्डारी,विभिन्न राजनितीक दलका प्रतिनिधि,बुद्धिजीवी, भद्रभलादमी,नगरपालिकाका कर्मचारीहरू,कार्यपालिका सदस्यहरू पत्रकार सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।