रमेश कुमार यादब
माघ २८ ,रौतहट
रौतहटमा महा बिष्णु यज्ञ मेलामा मनोरञ्जनका लागी राखिएको दुई दिने कुस्ती खेल सुरु भएको छ ।कुस्ती खेललाई बृन्दावन नगरपालिकाको नगर प्रमुख राम स्नेहि राय यादबले बिधिबत रुपमा कुस्ती खेलका खेलाडीहरुलाई टिका लगाई उद्धघाटन गरिएको थियो ।उद्धघाटन कार्यक्रममा नगर प्रमुख यादबले बोल्दै भने कुस्ती खेलका खेलाडीलाई सभ्य र भब्यसाथ खेल खेल्न आग्रह गरेका थिए ।खेलाडीलाई मरी जस्तो र दुख पुग्ने गरि कुनै यस्ता कार्य पनि नगर्न निर्देशन दिएका थिए ।दुई दिनसम्म चल्ने कुस्ती खेलडीहरुकोलाई खेल खेल्न मैदान अर्थात(अखाडा)को राम्रो ब्यबस्था गरिएको थियो ।कुस्ती खेल एउटा यस्तो खेल हो जुन महिला ,बृद्धबद्धा ,सानोकेटा केटी लगायत कुनै पनि मानिसले हेर्दा रमाईलो हुने र यसबाट कुनै प्रकारका समाजमा असर नपर्ने भएकाले यस खेलले सबैमा मनोरञ्जन तथा ज्ञान बर्धक रहेको मेयर यादबले बताए ।रौतहटमा पहिलो पल्ट यस्तो कुस्ती खेलको आयोजना गरिएको छ ।शुक्रबार नेपालका प्रसिद्ध कुस्ती खेलाडी देवा थापा लगायत भारतका आयोध्या ,बनारस ,जम्बु काश्मिर ,पंजाव ,दिल्ली ,देहरादुन ,झारखण्ड ,राजस्थानका प्रसिद्ध महारथी महिला र पुरुष कुस्ती खेलाडीहरुद्धारा भब्य प्रर्दशन गरिएको थियो ।बिभिन्न ठाउँबाट आएका १७ जोडा महिला तथा पुरुष कुस्ती खेलाडीद्धारा खेल खेलाईएको थियो । सो खेलमा ९ जना बिजेता भएका थिए भने ५ जना पराजित र ३ जोडाको बराबरीमा खेल सम्पन भएको थियो । खेलमा बिजय र पराजित भएका दुबै खेलाडीहरुलाई सोहि नगरपालिकाको नगर प्रमुख यादबले पुरस्कार स्वरुप पैसा दिएका थिए ।सोहि कुस्ती खेल उद्धघाटनमा बृन्दावन नगरपालिकाको वार्ड नं.२ का वडाअध्यक्ष सिकेन्द्र पटेल ,सोहि नगरपालिकाको वार्ड नं.३ का वडाअध्यक्ष रामेश्वर राय यादब उर्फ सचिन्द्र यादब र नगरपालिकाका नियमित प्रमुख प्रशासकिय नागेन्द्र राय यादबले खेलाडीलाई शुभकमना दिदैँ भगवान बिष्णुले सबैको कल्यान् गरुन भनि कमना गरेका थिए ।त्यस्तै भोली (शनिबार) पनि धुमधाथसाथ महिला र पुरुष कुस्ती खेलाडीहरुको साथमा खेल खेलाईने र दर्शकहरुलाई आई खेलको सोभा बढाईदिन मेयर यादबले हार्दिक अनुरोध पनि गरे ।कुनै प्रकारका अभिःप्राय घटना नघटोस भनि नगर प्रमुख रामस्नेहि यादबले सशस्त्र प्रहरी ,नेपाल प्रहरीहरुद्धारा सुरक्षा ब्यबस्था कडा गरिएको छ ।जिल्लाको पुर्वी भेगमा पर्ने बृन्दावन नगरपालिकामा गत २५ गते मंगलबारका दिन बृन्दावन नगरपालिकाका नगर प्रमुख तथा नेपाली काग्रेंसका क्षेत्रिय सभापति राम स्नेहि राय यादबको अध्यक्षतामा एक कार्यक्रम गरि नेपाली काग्रेंसको बरिष्ट नेता रामचन्द्र पौडेलको प्रमुख अतिथिमा महा बिष्णु यज्ञको उद्धघाटन गरिएको थियो ।उद्धघाटन कार्यक्रममा २ हजार १ सय ५१ कन्याकुमारीद्धारा कलश यात्रा निकालिएको थियो ।सोहि महा बिष्णु यज्ञमा आएका मानिसहरुलाई शरिरमा कुनै प्रकारका समस्या हुँदा निशुल्क स्वास्थ्य शिबिर र बाहिरबाट आएको मानिसहरुको लागी निशुल्क भोजनको ब्यबस्था पनि गरिएको गरिएको छ ।