राैशन कुमार चाैधरी । रौतहट । माघ २९ गते
रौतहटमा जसपा पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यक्रर्ता कांग्रेसमा प्रवेश गरेका छन ।
जिल्लाको कटहरिया नगरपालिका–८ पिप्रा पोखरियामा नेपाली कांग्रेसले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा प्रवेश गरेका हुन ।
कटहरिया नगरपालिका – ८ का वडा सभापति हृदय नरायण यादवको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिती मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको हातबाट टिका लगाई कांग्रेसका पुराना नेता त्तत्काली गाबिस अध्यक्ष प्रदिप बिक्रम शाहको छोरा समिश बिक्रम शाह प्रवेश गरेका छन ।
पार्टी प्रवेश कार्यक्रममा जनता समाजबादी पार्टीको तर्फबाट वडा अध्यक्षका प्रत्यासी समेत रहेको साहको नेतृत्वमा तिन सयको संख्यामा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेस गर्नु भएको छ ।
पार्टी प्रवेश गर्नुहुनेमा जसपाबाट टइट राय यादव, तेजीलाल यादव, मेघु दास तत्मा, माओबादीबाट रामप्रवेश यादव, जैशी राम, लालबाबु ठाकुर लोहार, राधेश्याम ठाकुर लोहार, रामा शंकर राम, लालबाबु राम लगाएतका रहेका थिए , नव प्रवेशिकाहरुलाई प्रमुख अथिती यादवले अबिर माला र टीका लगाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती कृष्णा प्रसाद यादवले यो देशमा १५ बर्षअघी कम्युनिस्टहरू जनताहरु रातिको समयमा सुतिरहेका त्यो बेला उतपात मचाई जनतालाई डराउने धमकाउने कार्य गरि अकुत सम्पत्ति कमाएर अहिले गरिब जनता माथि अत्याचार गरिरहेको बताउनु भयो ।
देशमा कम्युनिस्टहरूको तनाशाह प्रवृत्तबाट ग्रसित जनताहरु छुटकारा गराउनको लागि कांग्रेसले निकै ठुलो भुमिका खेलेको बताउनु भयो ।
प्रमुख अथिती समेत रहेका सभापति यादवले कांग्रेसले देशमा सत्ताको लागि नभई परिवर्तनको लागि सधै लडाइँ लडदै आएको थियो ।
कम्युनिस्ट पार्टीको तर्फबाट धेरै जनाले प्रधानमन्त्री भए तापनि देशको लागि कसैले केही गर्न नसकेको आरोप लगाउनु भयो ।
यो देशमा कम्युनिस्टहरुलाई दुई तिहाइ दिदा पनि उनिहरले देशको कानुन र संबिधानलाई मेची देशलाई नै दुर्घटनामा धकेलिएको स्मरण गराएका थिए ।
देशमा ठुल ठुल्ला परिर्वतणको लागि कांग्रेसले अग्रनिय भुमिका खेलेको बताउदै यादवले देशलाई दुर्घटना हुनबाट बचाउदै आएको बताएका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अथिती रौतहट क्षेत्र नं.३ का पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले आउदो बैशाख ३० गते हुन गईरहेको स्थानीय
तहको निर्वाचनमा पार्टीलाई थप बलियो बनाउन र रौतहटको प्रत्यक स्थानीयतहमा कांग्रेसका उमेदवारहरुलाई नै जिताउन आग्रह गर्नु भएको थियो ।
साथै उनले कम्युनिस्टहरू देशलाई नै खोकलो गरि कमजोर बानाईरहेकाले त्यसबाट छुटकारा दिलाउन कांग्रेसलाई नै जिताउन आग्रह गर्नु भयो ।
पुर्व सांसद यादवले देशमा केपी प्रवृत्ति अन्तय नभए सम्म देशमा बिकासका कार्यहरु गति लिन नसकेने उनले बताएका थिए । कम्युनिस्टका दलालहरुले गर्दा देशका जनताहरु गरिबीको रेखामुनिमा रहेको आरोप समेत लगाउनु भयो ।
त्यसतै अर्का विशिष्ट अथिती नेपाली कांग्रेस कार्यवाहक जिल्ला सभापति सुनिल यादवले कटहरिया नगरपालिका ८ पिप्रा पोखरियामा कम्युनिस्टबाट जितेका वडा अध्यक्षले पाँच वर्षको कार्यकालमा बिकासको सवालमा केही गर्न नसकेको भन्दै आउदोे स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट भाई समिश बिक्रम साहलाई जिताउन आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला सचिव हृदय नरायण प्रसाद यादव , क्षेत्र नं.३ (क) का क्षेत्रिय सभापति सर्फलाल प्रसाद गुप्ता, कटहरिया नगरपालिकाकाे सभापति तथा वडा नं.६ का वडा अध्यक्ष शम्भुकान्त यादव , वडा नं ३ का वडा अध्यक्ष उमेश यादव,जिल्ला सदस्य बालमिकी यादव, वडा नं. ४ का वडा प्रत्यासी हरेन्द्र प्रसाद यादव,युवा नेता ज्ञानेन्द्र यादव लगाएत करिब हजारौ.को संख्यामा नेताकार्यकर्ताहरुको बिषेश उपस्थितीरहेको थियो भने कार्यक्रमको संचालन नेबि संघका पुर्व जिल्ला उपाध्यक्ष राजेश यादवले गर्नु भएको थियो ।