सागर संगम ठाकुर । रौतहट । माघ २९ गते
मधेश प्रदेश सरकारका नव नियुक्त उधोग पर्यटन वन तथा वतावरण राज्यमन्त्री यादवले मन्त्री भएपछि आफनो निर्वाचन क्षेत्र नं ३ क को मतदाता संग भेटघाटमा तिब्रता बढाएको छ ।
उनि राज्यमन्त्री भएपछि आफना मतदाताहरु संग नियमित भेटघाट गर्न जनताको गाउघरमा पुगी रहेका छन ।
शनिबार कटहरिया नगरपालिका वडा नं १ भषेढवामा रहेको राम जानकी मठमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले आफु निर्वाचित भएपछि अवसर नपाउदा मतदाता संग गरिएको चुनावी प्रतिवद्ता पुरा गर्न नसकेको बताएका थिए ।
मन्त्री यादवले देशमा दुई कम्युनिष्ट पार्टी मिलेर बामगठबन्ध बन्दा जनता निकै उत्साहित भएका थिए ।
सोही अनुसार बामगठबन्धनले चुनावमा सझा घोषणा त्यार गरेर जनताको माझ आएर दुई तिहाई बहुमत प्राप्त गरेका थिए । तर दुर्भाग्य पार्टी फुटदा जनता संग गरिएको वाचा पुरा गर्न नसकीयको सुईकार गर्नु भयो ।
निर्वाचित भएको समय करिब करिब सकिनलागेको अवस्थामा आफु राज्यमन्त्री भएको भन्दै उनले आफनो बाकी रहेको कार्यकाल सम्म जनता संग गरिएको वचा पुरा गर्दै जाने आश्वासन दिएका थिए ।
बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मठ भित्र रहेको खाली जग्गामा धर्मशाला निर्माणको लागि आफनो मन्त्रालयको तर्फबाट २५ लाख रुपैया दिने घोषणा गरेका छन ।
कार्यक्रम पश्चात अनुगमनको क्रममा बडेडवा पुग्दा मन्त्री यादवले श्री राम जानकी मठको अनुगामन गरेका थिए ।
स्थानिय कांग्रेसका युवा नेता चन्देश्वर यादवले समाजिक संजालमा बिकाशको बारेमा यहाका राजनितीक दलका नेताहरुको कडा बिरोध गरे पछि मन्त्री यादव अनुगमनमा आएको थियो ।
अनुगमनको क्रममा मन्त्री यादव संग स्थानियले मठको चारै तिरबाट बौण्डरी वाल लगाई धर्मशला बनाई दिन माग गरेका थिए ।
मन्त्री यादवले स्थानियले गरेको माग प्रति सकरात्मक भई यो मागलाई चाडै पुरा गर्ने आश्वासन दिनु भयो ।
मन्त्री यादवले ढिलै भएपनि आफनो जनता संग गरिएको वदा बिस्तारै पुरा गर्दै जाने बताउनु भएको थियो ।
कार्यक्रममा स्थानिय वडा प्रत्यासी भुपेन कुश्वाहा, बिन्दा दास, पनिलाल दास, मठका महन्थ र स्थानियहरुको बिषेश उपस्थिती रहेको थियो ।