रमेश कुमार यादब
माघ २९ ,रौतहट
बिगत केहि दिन देखि रौतहटका एक जना नगरप्रमुख पदको भावी उम्मेदवारले न्यानो कपडा बितरणलाई निरन्तरता दिएको छ ।जिल्लाको पुर्वी भेगमा पर्ने वृन्दावन नगरपालिकाका नगरप्रमुख पदको भावी उम्मेदवार मोहम्मद शेख हकिमले आफ्नो निजि लगानीमा नगरपालिका भरीकै हरेक वडाहरुमा न्यानो कपडा बाँड्ने कार्यलाई तिव्रता दिएको छ ।बृन्दावन नगरपालिकाको वार्ड नं.६ कमलपटीमा आज शनिबारका दिन बिष्णु पासवान र शम्भु पासवानको अध्यक्षतामा सोहि वार्डका अति गरिब असाहाय परिवारहरुलाई चिसो छल्नको लागी न्यानो कपडा सुईटर बितरण गरिएको छ ।सोहि सुईटर बितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगरप्रमुखका भावी उम्मेदवार मोहम्मद शेख हकिम रहनु भएको थियो ।भावी नगरप्रमुखका उम्मेदवार मोहम्मद हकिमले भने कि म एक गरिब परिवारबाट जन्मेका मानिस हुँ र गरिब परिवारको सुख दुःख बुभ्mने एक गरिब नै हुन्छ ।त्यस कारण म पनि गरिब परिवारबाट जन्मेका हुँ र गरिबको कति दुःख हुन्छ सोहि बुझि यो कमलपटीका असाहाय गरिब निमुखा मानिसहरुलाई चिसो छल्न केहि राहत मिलोस भनि उदेश्यले सो सुईटर बितरण गरेको उहाँले बताए ।साथै म आफ्नो जिवन गरिबहरुको लागी नै सुम्पीएको बताए । गरिब ब्यतिmहरुको लागी मेरो ढोका सधै खुल्ला गरिएको उहाँ जानकारी दिए । जनता समाजवादी पार्टीको तर्फबाट नेतृत्व गरिरहेका नेता हकिमले हाल आफूसंग कुनै प्रकारको बजेट न रहेकोले आफुले आफ्नो निजी लगानीबाटै थोरै मात्रै भएपनि सो न्यानो कपडा वितरण गरेर समाज सेवा गरिरहेकोमा अत्यन्तै खुशी महसुस गरिरहेको बताए ।साथै उहाँले यो पानि आग्रह गरे कि तपाईहरुले आउदो बैशाखमा हुने चुनावमा हाम्रो न भए राम्रो जनप्रतिनिधिलाई छनौट गरि आफ्नो हक हितको लागी पाँच बर्ष सुरक्षित गर्न आग्रह गरे ।उहाँले यो पनि थपेकि आउँदो बैशाख ३० गते हुने निर्वाचनमा म जनता समाजबादी पार्टीको तर्फबाट मेयर पदका भावी उम्मेदवार रहने बताए ।त्यस कारण तपाईहरुले आफ्नो बहुमुल्य मत दिएर एक चोटी मेयर पदमा बिजय बनाउन आग्रह गरे ।सुईटर बितरण कार्यक्रममा उपस्थित रहेका नेताहरुले अबको चुनावमा सबै जना एक ढिका भई इमानदारीपूर्वक लागेर सहयोग गर्न आग्रह गर्नु भयो ।उहाँ यो भन्दा अघि बृन्दावन नगरपालिकाका ८ वटा वार्डमा करिब ८ सयभन्दा बढि गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरिसकेका छन ।सुईटर बितरण कार्यक्रममा सोहि वार्डका बिष्णु पासवान ,शम्भु पासवान ,रंजित महतो ,शेख जुवैर ,शेख अलियास ,शेख एक लाख ,अच्छेलाल सहनि लगायत जसपा पार्टीका बिभिन्न पदका पदाधिकारी पार्टीका नेता कार्यकर्ताहरुको समेत उपस्थिीती रहेको थियो ।