राजेश पासवान ।
फागुन ४ गते । रौतहट ।
रौतहटको विर्ता चौकमा मधेश- प्रदेश का मुख्य मन्त्री राउतले बुधबार एउटा निजि अस्पतालको उदघाटन गर्नुभएकाे छ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता चौक स्थित एक कार्यक्रमका बिच मधेश-प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गदीले जनसेवा ईमेर्जेन्सी अस्पताल प्रा.ली.को उदघाटन गर्नुभएकाे छ।
शेख इस्तेखारको अध्यक्ष्तामा सम्पन्न उदघाटन समारोहका प्रमुख अथितिको रुपमा मधे-प्रदेश का मुख मन्त्री लालबाबु राउत गदी रहेकाफथिए भने बिशिस्ट अथितिको रुपमा कृषि राज्य मन्त्री योगेन्द्र यादव र मधे-पेरदेशका विकास सभापति शेख अबुल कलाम आजाद उर्फ फुलबाबु रहेका थिए। र कार्यक्रमको प्रमुख अथितिको रुपमा रहेका मुख्य मन्त्री राउतले आफ्नो कर कमलबाट सो अस्पतालको उदघाटन गर्नुभएको थियो।
मुख मन्त्री राउतले अस्पतालको सफलताको शुभकामना दिलै,सो अस्पताल ग्रामीण क्षेत्रबाट संचालनमा आएकोले र सो अस्पतालमा सबै प्रकारको सुबिधा भएकोले त्यस क्षेत्रका जनताहरको लागि खुशीको कुरा रहेको बतअउदै,अस्पतालको नाम जनसेवा भए झै जनताको सेवामा समर्पित भएर सधै काम गर्न अस्पतालका संचालक संग अनुरोध समेत गर्नुभयो।
त्यसैगरि सो अस्पतालका चेयरमैन सरदोष आलमले अस्पतालले हाल ७ दिनको लागि फार्मेसी बाहेक सबै प्रकारको चेकजाँचहरु जस्तै-ओपिडि, लैब, पैथोलोजी,एक्सरे,भिडियो एकसरेमा समेत ५० % छुट दिरहेको बताउदै, सो अस्पतालमा चौबिसै घण्टा ईमेर्जेन्सी र टक्करको सुबिधा रहने र अनकल रुपमा एम. बिबि. एस.र एम डी डक्टरहरु द्धारा पनि सेवा प्रवाह हुने उहाँले बताउनुभयो ।