रमेश यादव ।
रौतहट, ५ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाज परिवर्तनका लागी शिक्षा जरुरी रहेको बताएका छन् । रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा श्री कृष्ण प्रणामी धर्म महोत्सव उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सोच सँगै समाज परिवर्तन गर्न शिक्षाले नै महतवपूर्ण हुने बताएका छन् ।
प्रदेश सरकार पनि शिक्षा तर्फ नै विकासहरुको योजना अगाडी बढाई रहेको बताए । उनले भने, हामी सबै मिलेर आफ्नो बालबाच्चालाई शिक्षा दिनुनै आजको आवश्यता देखिएको छ । बृन्दावन नगरपालिका वडा नं—१ का वडा अध्यक्ष सुबोध पटेलको अध्यक्षतामा सम्पन्न सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पछिल्लो समय रौतहट धार्मीक अस्था सँगै पर्यटकीय बन्दै गएको बताएका छन् ।
रौतहटलाई पर्यटकीय विकास गर्न पनि मधेस सरकाल साकरात्मक रहेको बताए । बृन्दावनमा रहेको सुखा सिमरास क्षेत्रलाई पर्यटकीय स्थल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता जनाएका हुन् ।
बुधबार आयोजित श्री कृष्णा प्रणामी धर्म महोत्सव कार्यक्रममा बोल्दै मधेश प्रदेशका भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटमा धार्मीक अस्था बढ्दै गएको बताएका छन् । उनले भने, धार्मीक अस्था बढ्दै जाँदा जन मान्समा सदभाव समेत बढिरहेको बताए ।
श्री कृष्णा प्रणामी धर्म महोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य धनलाल ठोकर, शेख फुलबाबु, संबिधानसभा सदस्य देबेन्द्र पटेल, नगर प्रमुखका प्रत्यासी विनोद पटेल, राम प्रसाद पटेव, वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव, जनता समाजवादी पार्टीका चर्चित युवा नेता राजकुमार दास, ब्रिज किशोर यादव, रामनिवास यादव, कौशर खान मिथिला लगाएत बिभिन्न भक्तजन तथा गुरुजनहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तवय संजय पटेलले राखेको थिए भने कार्यक्रम नमुना मावि गरुडाका प्रधानध्यापक प्रभु पटेलले सञ्चालन गरेको थियो ।