राजेश पासवान । फागुन ७ गते।रौतहट ।
मधेश-प्रदेश सरकारका उधोग प्रयटन तथा वन राज्य मन्त्री माननिय नागेन्द्र राय यादवले समाजवादी प्रेस संगठन नेपालमा आवद्ध रौतहटका सम्पूर्ण पत्रकारहरुलाई फुलमाला,अबिर तथा
दोसल्ला ओढाएर सम्मान गरेकाछन्।
रौतहटको चन्द्रपुर स्थित होटेल हिमालयनको सभाहलमा शनिबार सम्पन्न कार्यक्रमको सभा अध्यक्ष्ता नेपाल पत्रकार महासंघका सदस्य तथा समाजवादी प्रेस संगठनका रौतहट शाखा उपाध्यक्ष कृष्ण तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एकीकृत समाजवादीका नेता तथा मधेश-प्रदेशका नव नियुक्त उधोग प्रयटन तथा वन राज्य मन्त्री माननिय नागेन्द्र राय यादवले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संगठनका सबै पत्रकारलाई एकमुष्ट शुभकामना दिदै,पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरुलाई निस्पक्ष रुपले कलम चलाउन आग्रह गर्नुभयो। साथै समाजमा उत्पिडनमा परेका तथा दबिएका समुदायको हक हितमा कलम चलाउन समेत अनुरोध गर्नुभयो।
मन्त्री यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनको बिरोधमा चालेको कदमको प्रशंसा गर्दै आफू नेपाल जस्तो नेताको कार्यकर्ता भएर गर्भान्वित रहेको बताउदै आफू नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य, मानननिय कल्याणी खडा र सरला यादव लगायत अन्य नेताहरुको सहयोगले यहाँ सम्म पुगेको बताए ।
त्यसैगरी नेपाल पत्रका महासंघका अध्यक्ष तथा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम चन्द्र झाले प्रतिगमनका बिरोधमा नयाँ शक्तिको रुपमा नव गठित नेकपा एकीकृत समाजवादीको वर्गीय संगठन समाजवादी प्रेस संगठन नेपाल रौतहट कार्यसमितिमा नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिदै पार्टीलाई अगाडि बढाउन तथा आगामी बैसाख ३० गतेका दिन हुन गइरहेको स्थानीय तहको चुनावलाई सहज बनाउन आफ्ना पार्टीका नेताहरुलाई संचार माध्यम लागायत विभिन्न माध्यमले सहयोग गर्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल पत्रका महासंघका अध्यक्ष तथा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम चन्द्र झा,नेपाल पत्रका महासंघका उपाअध्यक्ष प्रविण शर्मा,केशव यादव,उधोग प्रयटन तथा वन राज्य मन्त्री माननिय नागेन्द्र राय यादवका स्वकिय सचिव रिषी तिवारी र उनका पिए दिपेन्द्र प्रसाद यादव,प्रशासन तथा संगठन भित्रका सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वर्तमानकाल दैनिक का प्रकाशक तथा समाजवादी प्रेस संगठनका कोषाध्यक्ष रौशन चौधरीले गरेका थिए भने सो कार्यक्रमलाई संचालन पत्रकार राजेश पासवान(निर्माणी)ले गर्नुभएको थियो।