राजेश पासवान।फागुन ८ गते।रौतहट ।
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको मधेस प्रदेश स्तरीय वन उपभोक्ता भेला तथा अधिवेशन कार्यक्रम महोतरीमा सम्पन्न भएको छ।
महोतरी जिल्लाको बाँके मरहा साझेदारी वन व्यवस्थापन समुह लक्षमिनियामा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्ष्ता रामलाल साहले गर्नुभएको थियो भने सो कार्यक्रमको प्रमुख अथितिको रुपमा नव नियुक्त मधेश प्रदेशका उधोग प्रयटन तथा वन राज्य मन्त्री नागेन्द्र राय यादव रहनुभएको थियो ।
वनको दिगो व्यवस्थापनका लागि प्रदेश २ का सम्पूर्ण वनको वैज्ञानिक वन व्यवस्थापन गरेर रूख उत्पादन बढाउँदै काठको उच्चतम प्रयोग गर्ने उद्देश्यसहित सो कार्यक्रम को उदघाटन शत्र सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अथितीको रुपमा वन मन्त्रीका सचिव विन्दु मिश्रा,गौरीशंकर यादव रहेका थिए र सो कार्यक्रममा वन वैज्ञानिकहरु शेखर कुमार यादव,जयप्रकाश पाण्डे,जगरनाथ,मोहन विश्वकार्मा,पदम लाल अधिकारी सहित वैज्ञानिक व्यवस्थापन उपभोक्ताका पदाअधिकारीहरूकाे सहभागिता रहेकाे राज्य मन्त्री यादवका सहयाेगि ऋषि तिवारी ले जानकारी गराउनुभयाे ।
त्यसैगरी साे कार्यक्रमकाे अवसरमा वन डिभिजन अधिकृतहरु महोतरी-का विनाेद सिंह,
सप्तरीका हेमन्त साह,रौतहटका अमर देव यादव,बाराकी मन्जु र पर्साका फर्मान लगाययतका व्यक्तिहरुले पनि आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।